जीवन ‘पीडित’ दाहालजाग मिथिला जाग
“४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला” भनेर स्कुलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर भर्खर सितलहरले गोडा पसार्न थालेको समय, शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कुल र घुम्ने बरालिने ठाउँ नै नभएको नामकोमात्र शहर बिराटनगरमा ।
खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अभिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै । अरु केही नभए पनि बोल्ने साथी त पाइयो भनेर मन अलि हलुङ्गो भयो अनि मैले पट्यार मेटाउन कुराकानीको सिलसिला शुरू गरिहाले– “तपाईं पनि बच्चा भेट्नै आउनु भएको ?”
“हो त” –उसले स्वीकार गर्यो र आफैले थप्यो– “मेरो छोरा रीवाज मण्डल पनि यहि स्कुलको कक्षा १० मा पढ्छ ।”
“तपाइँको घर चै कता नि मण्डलजी ?” –मैले अर्को प्रश्न थपेँ ।
“पहिले त धनुषामा थियो, अहिले चाहिँ यहिं विराटनगरमा, के गर्नु धनुषामा मधिसे नाम गरेका जङ्गली पशुले बस्नै दिएनन् त्यसैले पहाडे बढी भएको १ नं. प्रदेशमै बस्न सजिलो होला भनेर प्रहरी सेवाबाट रिटायर्ड भएपछि पेन्सनको पैसाले भिटा किनेँ र धनुषाको जग्गा बेचेको पैसाले घर बन्ने भएपछि यतै बसाई पनि सरिहालें पशु प्रदेश पशुहरूलाई नै छोडेर । यहाँ भए कमसे कम बच्चा पढाउन र व्यापार व्यावसाय गरेर खान त पाइन्छ ।” उसले पहाडे लवजमा सोधेभन्दा बढिनै मनको तितो पोख्यो । मलाई आश्चर्यचकित पनि नबनाई छोडेन त्यो पनि मधेसीयालाई नै गाली गरेर ।
“अनि पेसा चैं के अँगाल्नु भएको छ नि, जागिरबाट त रिटायर्ड भै सक्नु भएछ ।” –मलाई मण्डलजी अलि रमाइलो मान्छे लागेकाले एउटा अन्तरङ्ग प्रश्न पनि घुसाइ हालें बातचीतका बीचमा ।
“के हुनु र ! आफ्नै घरमा एउटा सानो सानो किराना पसल खोलेको छु । बिहान बेलुका फुर्सद मिलाएर म हेर्छु अनि दिउँसो चैं बुढियालाइ छोडेर हाम्रो १ नं. प्रदेश कुनै हालतमा पशुहरूको प्रदेशमा मिसाउँन दिनु हुँदैन भनेर जागरण अभियान चलाउँदै हिड्छु ।” उसले रहस्यले भरिएको कुरा गर्यो र थप्यो– “पशुहरूका लागि बेग्लै र मानिसहरूका लागि बेग्लै प्रदेश हुनुपर्छ भन्ने मेरो अभियान ठिक छैन त ?”
“हैन हौ, तपाईंले त माता जानकीले जन्म लिएर पवित्र पारेको राजा जनक, याज्ञबल्क्य, गार्गीजस्ता विद्वान् विदुषीका विद्वताले सुशिक्षित तथा सुसंस्कृत बनाएको स्थान मिथिलालाइ साह्रै नराम्रोसँग असभ्य र पशु प्रदेश भनेर गाली पो गर्नु भो त किन हँ ? त्यति बेलैदेखि संसारलाइ संस्कृति र सभ्यता सिकाउने मैथिलहरूलाइ असभ्य पशु भनेर अपहेलना गर्न मिल्छ र ?”– मैले मिथिला र मैथिलको पक्ष लिएर सभ्य बिरोध जनाएँ ।
मेरा कुरा सुनेर उसले खिस्स गरेर उपेक्षाको हाँसो र भन्यो सर पनि खाली किस्सा कहानीको कुरा गर्नु हुन्छ भन्यो र फेरि उल्टै मलाई प्रश्न गर्यो– “एकपटक सभ्य भै सकेको मान्छे फेरि फेरि आफ्नो विरानो पनि चिन्न नसक्ने गरि असभ्य र बर्बर हुन्छ र ! अनि, अहिलेको यिनीहरूको कृयाकलापलाई हेरेर कुनै जमनामा यिनीहरू सभ्य थिए भनेर के आधारले मान्ने ?”
“त्यसो त हुँदैन”– मैले उत्तर दिनलाई उचित शब्द तत्काल सम्झिन नसकेर अकमकिँदै उत्तर दिएँ ।
“अनि, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै आमा, दिदी–बहिनीलाई आदर गर्न नजान्ने तथा सबैलाई आफैं बराबर ठानेर अभद्र र पशुवत व्यवहार गर्ने अधमपशुहरूलाइ पनि अझै सभ्य र मान्छे ठान्नुहुन्छ तपाईं ?” उसले तमतम्याइलो अनुहार बनाएर भन्यो ।
गौरादह–१२, झापा
Subscribe
Login
0 Comments
Oldest







































