साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाग मिथिला जाग

Nepal Telecom ad

“४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला” भनेर स्कुलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए कहाँ जाने त्यो पनि भरखर भर्खर सितलहरले गोडा पसार्न थालेको समय, शहरको पश्चिम उत्तर कुनाको अन्त्य जसो भागमा रहेको सगरमाथा स्कुल र घुम्ने बरालिने ठाउँ नै नभएको नामकोमात्र शहर बिराटनगरमा ।

खटपटिकै बिचमा म बसेकै बेन्चमा अर्का मधेसी मूलकाजस्ता देखिने अभिभावक पनि आएर थ्याच्च बसे हात मुठ्ठी पारेर काखीभित्र घुसार्दै । अरु केही नभए पनि बोल्ने साथी त पाइयो भनेर मन अलि हलुङ्गो भयो अनि मैले पट्यार मेटाउन कुराकानीको सिलसिला शुरू गरिहाले– “तपाईं पनि बच्चा भेट्नै आउनु भएको ?”

“हो त” –उसले स्वीकार गर्यो र आफैले थप्यो– “मेरो छोरा रीवाज मण्डल पनि यहि स्कुलको कक्षा १० मा पढ्छ ।”
“तपाइँको घर चै कता नि मण्डलजी ?” –मैले अर्को प्रश्न थपेँ ।

“पहिले त धनुषामा थियो, अहिले चाहिँ यहिं विराटनगरमा, के गर्नु धनुषामा मधिसे नाम गरेका जङ्गली पशुले बस्नै दिएनन् त्यसैले पहाडे बढी भएको १ नं. प्रदेशमै बस्न सजिलो होला भनेर प्रहरी सेवाबाट रिटायर्ड भएपछि पेन्सनको पैसाले भिटा किनेँ र धनुषाको जग्गा बेचेको पैसाले घर बन्ने भएपछि यतै बसाई पनि सरिहालें पशु प्रदेश पशुहरूलाई नै छोडेर । यहाँ भए कमसे कम बच्चा पढाउन र व्यापार व्यावसाय गरेर खान त पाइन्छ ।” उसले पहाडे लवजमा सोधेभन्दा बढिनै मनको तितो पोख्यो । मलाई आश्चर्यचकित पनि नबनाई छोडेन त्यो पनि मधेसीयालाई नै गाली गरेर ।

“अनि पेसा चैं के अँगाल्नु भएको छ नि, जागिरबाट त रिटायर्ड भै सक्नु भएछ ।” –मलाई मण्डलजी अलि रमाइलो मान्छे लागेकाले एउटा अन्तरङ्ग प्रश्न पनि घुसाइ हालें बातचीतका बीचमा ।

“के हुनु र ! आफ्नै घरमा एउटा सानो सानो किराना पसल खोलेको छु । बिहान बेलुका फुर्सद मिलाएर म हेर्छु अनि दिउँसो चैं बुढियालाइ छोडेर हाम्रो १ नं. प्रदेश कुनै हालतमा पशुहरूको प्रदेशमा मिसाउँन दिनु हुँदैन भनेर जागरण अभियान चलाउँदै हिड्छु ।” उसले रहस्यले भरिएको कुरा गर्यो र थप्यो– “पशुहरूका लागि बेग्लै र मानिसहरूका लागि बेग्लै प्रदेश हुनुपर्छ भन्ने मेरो अभियान ठिक छैन त ?”

“हैन हौ, तपाईंले त माता जानकीले जन्म लिएर पवित्र पारेको राजा जनक, याज्ञबल्क्य, गार्गीजस्ता विद्वान् विदुषीका विद्वताले सुशिक्षित तथा सुसंस्कृत बनाएको स्थान मिथिलालाइ साह्रै नराम्रोसँग असभ्य र पशु प्रदेश भनेर गाली पो गर्नु भो त किन हँ ? त्यति बेलैदेखि संसारलाइ संस्कृति र सभ्यता सिकाउने मैथिलहरूलाइ असभ्य पशु भनेर अपहेलना गर्न मिल्छ र ?”– मैले मिथिला र मैथिलको पक्ष लिएर सभ्य बिरोध जनाएँ ।

मेरा कुरा सुनेर उसले खिस्स गरेर उपेक्षाको हाँसो र भन्यो सर पनि खाली किस्सा कहानीको कुरा गर्नु हुन्छ भन्यो र फेरि उल्टै मलाई प्रश्न गर्यो– “एकपटक सभ्य भै सकेको मान्छे फेरि फेरि आफ्नो विरानो पनि चिन्न नसक्ने गरि असभ्य र बर्बर हुन्छ र ! अनि, अहिलेको यिनीहरूको कृयाकलापलाई हेरेर कुनै जमनामा यिनीहरू सभ्य थिए भनेर के आधारले मान्ने ?”

“त्यसो त हुँदैन”– मैले उत्तर दिनलाई उचित शब्द तत्काल सम्झिन नसकेर अकमकिँदै उत्तर दिएँ ।
“अनि, एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै आमा, दिदी–बहिनीलाई आदर गर्न नजान्ने तथा सबैलाई आफैं बराबर ठानेर अभद्र र पशुवत व्यवहार गर्ने अधमपशुहरूलाइ पनि अझै सभ्य र मान्छे ठान्नुहुन्छ तपाईं ?” उसले तमतम्याइलो अनुहार बनाएर भन्यो ।

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x