साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोखरामा साहित्य महोत्सव

Nepal Telecom ad

पोखरा, १५ माघ ।नेपाल लिट्रेचर फेस्टिबल (साहित्य महोत्सव) को पाँचौँ संस्करण पर्यटकीय नगरी पोखरास्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसर, पार्दीमा शुक्रबारदेखि सुरु भएको छ ।

बुक वर्म फाउन्डेसनको आयोजना एवम् र्यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा आयोजित महोत्सवको उद्घाटन साहित्यकार कर्णेल जेपी क्रसले गर्दै महोत्सवले यहाँको कला संस्कृतिलाई थप उजागर गर्ने विश्वास उनले व्यक्त गरे ।
साहित्यकार तीर्थ श्रेष्ठले फेवातालको किनारमा सञ्चालित महोत्सवले यहाँको पर्यटकीय विकासलाई पनि महत्वपूर्ण सहयोग गर्ने बताए । फाउन्डेसनका निर्देशक अजित बरालले विसं २०६८ देखि सुरु भएको महोत्सव काठमाण्डु हुँदै पहिलो पटक पोखरालाई सांस्कृतिक रुपले पनि सुन्दर बनाउन गर्न लागिएको जानकारी दिए ।

उक्त अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीद्वारा लिखित ‘समृद्ध नेपाल’ शीर्षकको पुस्तक विमोचन गरिएको थियो । नेपालको विकास र समृद्धिका सन्दर्भमा लेखिएको उक्त पुस्तक फाइनप्रिन्ट प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो । पुस्तकमा नेता अधिकारीले आफ्नो विद्यार्थी कालका अनुभवका साथै व्यवस्थापिका–संसदमा लेखा समिति र विकास समितिमा बसेर गरेका अनुभवलाई उल्लेख गरेका छन् ।

पुस्तकको समीक्षा गर्दै झलक सुवेदी, सूर्यराज आचार्य र स्वर्णिम वाग्लेले कृतिमा नेपालको विकास कहाँ र कसरी गर्न सकिन्छ भन्ने लगायतका सन्दर्भमा महत्वपूर्ण विचार समेटिएको धारणा राखे । तीन दिनसम्म चल्ने महोत्सवमा साहित्यका विविध आयामका साथै दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विषयमा छलफल र बहस गरिने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x