साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञामा मातृभाषा कविगोष्ठी

Nepal Telecom ad

काठमाडौं, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोपोन्मुख भाषाको जगेर्ना र विलुप्त भाषाको खोजी गर्नु सबैको साझा दायित्व रहेको बताउनु भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र युनेस्को काठमाडौँले अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१६ का अवसरमा आइतबार आयोजना गरेको ‘मातृभाषा महोत्सव २०७२’ को उद्घाटन गर्दै भण्डारीले सबै मातृभाषाको सम्वद्र्धन, संरक्षण र रक्षा भाषा आयोगले गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले बङ्गलादेशमा बङ्गाली भाषालाई मातृभाषामा रुपान्तरण गर्न खोज्दा तत्कालीन शासकले भाषा अनुरागीमाथि ज्यादती गरेको स्मरण गराउनु भयो । उहाँले बङ्गाली भाषाको संस्थागत विकासका लागि अनवरत लड्दै जाँदा अन्ततः बङ्गाली भाषा मातृभाषामा रुपान्तरण भएको दिनलाई संस्मरण गर्दै संयुक्त राष्ट्र सङ्घले २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिनु भयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हजारौंँ भाषाभाषीको बलिदानबाट स्थापित अवसरलाई राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाउन सुरु गरेको ३७ वर्ष नाघिसके पनि नेपालले वि.सं. २०६८ देखि अन्तर्राष्ट्रिय मातृभाषा मनाउने परम्पराको थालनी गरेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आयोजित कार्यक्रममा अवधी, आठपहरिया, उर्दू, उराँव, कागते, किसान, कुमाल, कुर्लुङ, केवट, खस, खालिङ, गन्गाइ, गुरुङ, घले, चाम्लिङ, जिरेल, डोटेली, ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थारु, थुलुङ, दनुवार, दङ्भाली, दुमी र दुरा जातिको भाषामा कविता वाचन गरिएको थियो ।

त्यस्तै धिमाल, नाछिरिङ, नेपाल भाषा, पुमा, फाङ्दुवाली, बज्जिका, बझाङी, बाजुरेली, बान्तवा, बाहिङ, भोजपुरी, मगर खाम, मगर ढुट, मगही, मुगाल, मैथिली, याक्खा, राजवंशी, लिम्बू, ल्होपा, ल्होमी, वाम्बुले, शेर्पा, सुनुवार, हुम्ली र हुम्ली भोटे लामा गरी ५३ कविले आआफ्नो मातृभाषामा कविता वाचन र विभिन्न जातजातिको साँस्कृतिक झाँकीको प्रस्तुति समेत गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x