सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टाचारी– मनपरी बढे…

Nepal Telecom ad

रुख्खा–सुख्खा पृथ्वी हुनगो खै त पानी परेको ?
खोला–नाला सब सुकिसके ! खै त पानी झरेको ?
कच्ची बाटो बुङ–बुङ धुलो रोघ–ब्याधी बढेको !
खेती–पाती सुकिगइसक्यो ! गाई–बस्तु सडेको !!

नाकाबन्दी ! महंगी कति हो ? तेल–ग्यासै अभाव !
यै चालाले जन–धन सबै हुन्छ कि नै सखाप !!
भैंचालोको गडगडी सधैं बासको छैन आश !
भ्रष्टाचारी– मनपरी बढे राज्यको उपहास !!!

नेता–मन्त्री सयर गरिरौ, देशको छैन ताना ?
देशै बेची पर–मुलुकमा हुन्छ कि नै रमाना !!
के हो राज्य ? नीति–नियम के ? ख्याल छैन कसैमा !
भ्याए देशै लुट–झुट, सुरा–सुन्दरीका रसैमा !!

ए नेपाली ! कति चुप सधैं ? ब्यूँझिद्यौ–जागिद्यौ न !
मासी स्वाँठै जन–जननीको मुक्तिमा लागिद्यौ न !!
छोड्द्यौ पार्टी, कुरुपहरूको कार्यकर्ता नबन्द्यौ !
डट्नैपर्छ, म त पछि हटें, कृपया क्वै नभन्द्यौ !!

नलाङ, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कस्ले बजार्ने छुरा ?

कस्ले बजार्ने छुरा ?

शालिग्राम अर्याल
म जितुवा पदाधिकारी !

म जितुवा पदाधिकारी !

शालिग्राम अर्याल
फर्कन्छु छिट्टै घर

फर्कन्छु छिट्टै घर

शालिग्राम अर्याल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही