साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी– मनपरी बढे…

Nepal Telecom ad

रुख्खा–सुख्खा पृथ्वी हुनगो खै त पानी परेको ?
खोला–नाला सब सुकिसके ! खै त पानी झरेको ?
कच्ची बाटो बुङ–बुङ धुलो रोघ–ब्याधी बढेको !
खेती–पाती सुकिगइसक्यो ! गाई–बस्तु सडेको !!

नाकाबन्दी ! महंगी कति हो ? तेल–ग्यासै अभाव !
यै चालाले जन–धन सबै हुन्छ कि नै सखाप !!
भैंचालोको गडगडी सधैं बासको छैन आश !
भ्रष्टाचारी– मनपरी बढे राज्यको उपहास !!!

नेता–मन्त्री सयर गरिरौ, देशको छैन ताना ?
देशै बेची पर–मुलुकमा हुन्छ कि नै रमाना !!
के हो राज्य ? नीति–नियम के ? ख्याल छैन कसैमा !
भ्याए देशै लुट–झुट, सुरा–सुन्दरीका रसैमा !!

ए नेपाली ! कति चुप सधैं ? ब्यूँझिद्यौ–जागिद्यौ न !
मासी स्वाँठै जन–जननीको मुक्तिमा लागिद्यौ न !!
छोड्द्यौ पार्टी, कुरुपहरूको कार्यकर्ता नबन्द्यौ !
डट्नैपर्छ, म त पछि हटें, कृपया क्वै नभन्द्यौ !!

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x