हरि खनालगर्भको आवाज
म गर्भवती भएकी पनि सात महिना पुग्न लाग्यो । पेटभित्रको बच्चा बढी नै चकचके भएको महसुस गरिरहेकी छु । हिजो राती चाहिँ अनौठो घटना भयो । पेटभित्रबाट अनौठो आवाज आयो । आवाज बच्चाको थियो ।
‘ए आमा मलाई लामो समय नबोक है ऽ छिटै आउन देऊ ।’
‘तँलाई किन हतार भो आउन । हतार त मलाई पो हुनु पर्ने ।’ मेरो आवाज सुनेपछि बच्चा खितखित हाँस्यो ।
‘मैले सुनेको छु, अब हामी जस्ताले विदेश जान देशमा पन्ध्र सोह्र वर्ष पर्खन पर्दैन रे । बच्चा नै हातहातै लान्छन् रे । यस्तो अवसर किन गुमाउने हैन र ?’ बच्चाले भन्यो ।
म चकित परेँ । दिक्क पनि लाग्यो ।
‘आमा रिसायौ कि क्या हो । मलाई लगे बापत तिमीलाई डलर आउँछ नि । मलाई पनि बच्चामै पठाउनु क्या । ठूलो हुन त बाँच्नु पर्यो । यहाँ बाँच्न सर्वसाधारणलाई गाह्रो छ भनेर तपाइँहरू नै कुरा गर्नुहुन्छ ।’ बच्चाले थप्यो ।
म झल्याँस्स भएँ र पेट छामे । मलाई सपनाले भन्दा पनि सपनामा व्यक्त यथार्थ कुराले पिरोलिरह्यो ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































