सुलसुलेतरेली साहित्य प्रतिष्ठानको साहित्यिक शृङ्खला
काठमाडौं, २०७२ चैत्र २० । तरेली साहित्य प्रतिष्ठानको चैत्रको साहित्यिक शृङखला गत शनिबार साँखुको एभरग्रीन इङ्गलिस स्कुलमा सम्पन्न भयो । कार्यक्रम तरेलीका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व रहेको थियो ।
नेवारी भाषाका महाकवि गिरिजाप्रसाद जोशीको ७८ औं जन्मजयन्ती विशेष कार्यक्रमका रूपमा मनोक्रान्तिका अभियन्ता योगी विकासानन्दको प्रमुख तथा आख्यानकार नारायण ढकाल, अभिनवका अध्यक्ष वेदमणि घिमिरे, भगतदास श्रेष्ठ, गिरिजाप्रसाद जोशीकी धर्मपत्नी योगमाया श्रेष्ठ, सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशर, नली साहित्य दवुका अध्यक्ष प्रदीपरत्न शाक्यको विशेष आतिथ्य तथा एभरग्रीनका प्रिन्सिपल लकस श्रेष्ठ, शारदा पराजुली, घनश्याम प्रसाईं आदिको आतिथ्य रहेको थियो ।
गिरिजाप्रसादका रचना वाचन, सस्मरण, विविध पक्षको जानकारीसहित विभिन्न वक्ताले सम्झनु भएको थियो । कार्यक्रमको मुख्य आकर्षण रचना वाचन रहेको थियो । नेपाली र नेवारीका लगभग ५० जना स्रष्टाहरूले गजल, कविता, मुक्तक, कथा आदि विधाका रचनाहरू प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा १५० हाराहारीमा उपस्थिति रहेको थियो ।
विभिन्न विद्यालय, संस्था र साँखु क्षेत्रका व्यक्तित्वको उल्लेख्य उपस्थितिले गिरिजाप्रसाद प्रतिको सद्भाव दर्शाएका थिए । प्रमुख अतिथि विकासानन्दले कार्यक्रमको अन्त्यतिर गिरिजाप्रसादको स्मरण गर्दै साहित्यिक, गीति, व्यक्तिगत आदि भिन्न पाटोको विश्लेषण गर्दै प्रवचन दिएर श्रोतालाई मन्त्रमुग्ध पार्नुभएको थियो ।
तरेली साहित्य प्रतिष्ठानले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित कार्यक्रम गर्दै आएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































