साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूपिनले ल्याए ‘सुप्लाको हवाई जहाज’

Nepal Telecom ad

काठमाडौं, चैत्र २१, २०७२ । उनको घरछेउमै थियो विमानस्थल । हवाई जहाज चढ्न नपाए पनि उनी भने बाँसका सुप्लाबाट जहाज बनाएर खुब उडाउँथे । अनि आफूलाई चाहिँ विमान चालक ठान्थे । लामो समयसम्म यो बिम्ब कवि भूपिनको मस्तिष्कमा बसिरह्यो । अन्तत उनले कविता नै लेखे– ‘सुप्लाको हवाई जहाज ।’ शनिबार राजधानीको शिल्पी थिएटरमा यही शीर्षकको कविता सङ्ग्रह लोकार्पण भइरहेको बेला कवि भूपीनले बाल्यकाल सम्झे ।

कृति लोकार्पण गर्दै पाका कवि तथा संस्कृतिकर्मी तुलसी दिवसले भने आफूले भूपिनलाई झन्डै दुई दशकदेखि असल कविको रूपमा पछ्याउँदै आएको दाबी गरे । ‘भूपिनका कविताले युगको आवाज सम्बोधन गरेका छन्’ उनले भने, ‘कृतिका सबै कविताहरू शक्तिशाली छन् ।’ कवितमाथि टिप्पणी गर्दै निबन्धकार रोशन शेरचनले भूपिनका कवितामा प्रकृति र मानवबीचको सम्बन्धका दसीहरू र समाजलाई संवेदनशील बन्न गरिएका आग्रह पाइने दाबी गरे । कवि श्यामलले कवितामा कवित्व हराउँदै गइरहेको बेला असली स्वादका सिर्जनाहरूसहित भूपीन आएको दाबी गरे । उनले ‘काव्यिक सरलता र कविताको तरलता भूपीनका विशेषता’ को रूपमा व्याख्या गरे ।

बाग्लुङको बलेवामा जन्मेर पोखरालाई शैक्षिक थलो बनाई हाल चितवन बस्दै आएका भूपिनले भने आफूले पाठकलाई सधैं आफ्ना सृजनाको पथप्रदर्शक मानेको दाबी गर्दै ‘विश्वसुन्दरी’ र ‘नोटको जीवनी’ शीर्षकका दुई कविता सुनाए ।

अक्षर समूह चितवनका अध्यक्ष लेखक ईश्वर कँडेलले पनि भूपिनका कवितामाथि बोले । कविताको बजार गुणात्मक रूपमा विस्तार गर्न भूपिनलाई देशभरि नै टिकटमा एकल कविता वाचनका लागि अघि सारिने प्रकाशन संस्था बुक–हिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए । ‘अरू कविका लागि पनि यो खुसीको खबर हो’ उनले भने ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x