साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्याललाई भतेर

Nepal Telecom ad

देश सङ्कटमा भए पनि
स्याललाई भोज
जनता दुखमा भए पनि
स्याललाई भोज
राहतमा होस् कि आहतमा होस्
स्याललाई त यहाँ सधैं मोजै छ
जनतालाई त यहाँ
हरेक दिन टार्ने बोजै छ ।

जनताको नाममा पाल आओस् कि
टिनको थाल आओस्
सडेको चामल आओस् कि
मक्केको दाल आओस्
स्यालले कमिसन पाएकै छ
सडे गलेको जनतालाई
स्याललाई त राम्रो आएकै छ ।

बाघले बाख्रो मारे पनि स्याललाई भोज
बाख्रोले बाघ मारे पनि स्याललाई मोज
त्यसैले यसको नाम धुर्त रहेछ
जहाँ पनि पुग्ने कति दुर्त रहेछ ।

भूकम्प पीडितको घरमा
न ओत्ने छानो छ
न पकाउने दानो छ
तर स्यालको घरमा
सधैंभरी मानो छ ।
जनताको घर खोले छैन
तर स्यालको घरमा
सब कुरा फालाफाल छ
कस्तो गजब कि
आपत बिपतमा पनि
यही स्याल मालामाल छ
किसानको गोरु मरे स्याललाई भतेर
किसान दुखमा परे स्याललाई भतेर
स्यालको चातुर्य कति कमाल छ ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x