साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वैशाख आयो भने

Nepal Telecom ad

आयो यो नव वर्ष जोश भरियो साह्रै रमायो मन
हुन्छन् यी वन फाँट, शैल हरिया पाई नयाँ जीवन ।
बन्छन् सार्थक शब्द मानव गला, सङ्गीत पायो भने
बेग्लै हुन्छ उमङ्ग यो हृदयमा वैशाख आयो भने ।।

क्वैलीको छ सदाबहार मधुरो वाणी नसुन्ने छ को
छन् नौला वनकुञ्ज, फूल लहरा ’आहा !’ नभन्ने छ को ?
लाग्छन् सुन्दर पुष्पपुञ्ज हँसिला उद्यान धायो भने
नौला कुञ्ज सजाउला प्रकृतिले वैशाख आयो भने ।।

गोठालो फलफूल खोज्न वनमा घुम्दै गयो आशमा ।
चारो खोज्न उडी गए विहग जो फिर्ता भए वासमा ।
पक्का काफल पाक्छ एक खगले आई बतायो भने ।
थाहै हुन्न चिमोट्छ उच्च सुषमा वैशाख आयो भने ।।

हावा साँझ बिहान शीतल चली आनन्द बेग्लै हुने
मान्छे, फूलसँगै वनस्पति खुसी, सम्पन्न सारा बने ।
उड्छन् फूल चुसी सकेर पुतली पीयूष पायो भने
फुट्छन् मूल अनेक यो हृदयमा वैशाख आयो भने ।।

पन्छी स्वाद लिई सहर्ष फलको सन्देश दिन्छन् छिटो
‘पाक्यो काफल’ भन्दछन् वनचरी चाखेर मानी मिठो ।
खाएँ लाग्छ सुवर्णका फलहरू ऐँसेलु खायो भने
पानी जीवनतुल्य लाग्दछ चिसो वैशाख आयो भने ।।

धर्तीभित्र अनन्त हुन्छ कि कसो सौन्दर्यको माधुरी
आई जेठ बजाउँदैन कहिले वैशाखझैँ बाँसुरी ।
सारा वृक्ष, पहाड कुञ्ज वनका साँच्चै नयाँझैँ बने
बेग्लै फुर्ति, उमङ्ग, जोश, थपिने वैशाख आयो भने ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x