साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँवर्ष

Nepal Telecom ad

उसैगरि

उदाउने र अस्ताउने छ
आँगनमा जून र घाम
चल्नेछ बतास
बास्ने छ कुखुराको भाले
घुर्नेछन् ढुकुर खलियानमा
चिर्बिराउनेछ गौंथली
उसैगरी
चोर्नेछ चल्ला स्यालले
झम्टिनेछ वाजले परेवा
उसैगरि
खोलाका कुनै किनारामा
चुसाउँदै निरस लाम्टाहरू
गिट्टी कुटिरहेका हुनेछन्
भोका आमा र दिदीहरू
उसैगरि
कसैले फालेका जूठो चाटेर
सडक महोत्सव मनाउनेछन्
कुपोषणग्रस्त नानीहरू
बाल अधिकारका किस्सा हालेर
ठोक्नेछ कुनै नेताले भाषण
धरौटीको अभावमा
असामयिक मर्नेछन् जिन्दगीहरू
नाङ्गो आकाश ओढेर
सपना बाँचिरहनेछन् भूकम्प पीडितहरू
उसैगरि
चुहिने छैन कुनै झुपडीमा
एक झुल्को उज्यालो
आउने छैन यी वस्तीमा
एक फाँक खुशी
आल्हाद या आवेशमा
न ओर्लिने छ आकाश
न उचालिने छ धर्ती
उसैगरि
बगिरहने छ समय
बगिरहनेछौं हामीहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x