साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प डायरी

Nepal Telecom ad

हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा
सुस्तरी हिँड्नुहोस् किनारबाट !

तपाईँ जहाँ उभिएर
खिचिरहनुभएको छ हाम्रो फोटो,
त्यहीँ पुरिएका छन्
हाम्रा ढिकी, जाँतो र आरनहरू !
तपाईँ जहाँ उभिएर
लेखिरहनुभएको छ हाम्रो समाचार,
त्यहीँ पुरिएका छन्
हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू !
र तपाईँ जहाँ उभिएर
बाँडिरहनुभएको छ चाउचाउ,
हो, त्यहीँनेर पुुरिएका छन्
हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू !
हाम्रो इतिहास पुरिएको छ यहाँ !
हाम्रा मन्दिर, मस्जिद,
गुम्बा र गिर्जाघरहरू पुरिएका छन् !

तपाईँ राता पालहरू लिएर आउनुभयो
चाउचाउ, चिउरा
र क्यामराहरू लिएर आउनुभयो
हामी शिर झुकाएर धन्यवाद भन्छौँ—
तपाईँ हामीलाई सम्झिएर
यहाँसम्म आउनुभयो !
हाम्रो आँसुको ढिकाले
तपाईँको क्यामराको लेन्स भिज्ला कि भनेर
सुस्तरी सुस्तरी रोइरहेका छौँ हामी !
तपाईँले कविता लेख्ने कापीको पन्नामा
रगतको दाग लाग्ला कि भनेर
हामी सुस्तरी सुस्तरी
निकालिरहेका छौँ
आमाको लास !

मध्य दिनमा
एउटा धमिलो आकाशबाट खसेर
धरतीको यही धूलोमा पुरिएको थियो
हाम्रो शिरमाथिको सूर्य !
अब हामी चिहानको धूलो खोस्रिएर
बटुल्नेछौँ उज्यालोका कणहरू !
किताबका पानाहरूबाट अनायास झरेका
अक्षरहरू टिपेर
अब हामी फेरि बनाउनेछौँ
जीवनका सुन्दर वाक्यहरू !
बाँसका खुट्टाहरू टेकेर उभिनेछन्
हाम्रा आस्था र सपनाहरू !
हामी बाँचेकाहरू बाँच्नेछौँ
र बनाउनेछौँ विश्वासको बाटो !
हेरिराख्नुहोस्—
यही जमीन चिरेर निस्कनेछ
आत्माको शक्ति !

हाम्रा आमाहरू पुरिएका छन् यो धूलोमा !
अन्यथा नमान्नुहोला—
सुस्तरी हिँड्नुहोस् जमीनबाट !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x