साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात सम्झँदै कवि गोष्ठी

Nepal Telecom ad

काठमाडौं, वैशाख २५ । अभिनव साहित्य समाजले शनिबार यसको मासिक शृङ्खला १७१ औँ सम्पन्न गरेको छ । यस अन्तर्गत पारिजातको २५ औ स्मृति दिवसको अवसरमा उहाँको सम्झनामा विशेष कवि गोष्ठी रहेको थियो ।

पारिजातको तस्विरमा पुष्पार्पण गदै सहभागी हुनेहरू मध्ये सुनिता सापकोटा, सीता प्याकुरेल, ओम प्रसाद कोइराला, कीर्ते पौडेल र कुसुम शर्मालाई उत्कृष्ट रचना प्रस्तुत गरे वापत प्रोत्साहित पुरस्कार प्रदान गरिएको दियो ।

अन्य सहभागीहरुमा हेमन्त शिशिर, सरस्वती ढुङ्गाना, अदीप प्रकाश, उत्तम विचार, अशोक कुँवर, रामकुमार, गोविन्द नेपाल, मणिराज, रुद्र अधिकारी, विष्णु न्यौपाने, अभागी, भावुक,विमल अर्याल, गफाडी, दीप मेहर, गणेशप्रसाद, अच्युत घिमिरे, विजय विश्वास, घनश्याम प्रसाई, रामचन्द्र, पुण्य गौतम, डिल्ली मुलतियुन, कृष्ण गौतम, मेनका, प्रकाश काफ्ले, शुक्राचार्य, शिवराम खड्का, जनार्दन, इच्छाराम थापा, ब्रह्मप्रिय, शान्ति रिसाल, परशुराम पराजुली, डा. शेषराज र शैलेन्द्र श्रेष्ठ आदि हुनुहुन्थ्यो ।

शारदा पराजुलीले उद्घोषण, गर्नुभएको सो कार्यक्रममा प्रमुख व्यक्ति मञ्जुश्री प्रधान, समाजको अध्यक्ष वेदमणि घिमिरे गोविन्दले पनि सम्बोधन गर्नुभएको र बाजुराम पौड्यालले वाचित रचनाहरूको समीक्षा तथा घनश्यामले स्वागत मन्तव्य दिनुभएको र प्रकाशमणि दाहालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x