साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसुर

Nepal Telecom ad

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो ।

त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा थियो । त्यहाँ एउटा दानी मेसिन थियो । हेर्दै खाइलाग्दा मान्छेहरू त्यो कोठाभित्र पस्थे, एउटा कार्ड घुसार्थे, केके टाइप गरेझैं गर्थे अनि पैसा थापेर जान्थे । त्यो मेसिनले हजार हजारका कटकटाउँदा नोटहरू दिन्थ्यो ।

धनबहादुरलाई त्यो दानी मेसिनसँग पैसा माग्ने विचार आयो । धनीलाई दान गर्ने मेसिनले गरिबलाई कसो दान नगर्ला ? एक दिन ऊ सिसाको ढोका खोलेर बिस्तारै भित्र पस्यो । एकछिन दङ्ग परेर मेसिनलाई हे¥यो । यता थाप्यो, उता थाप्यो तर मेसिनले पैसा दिएन ।

नमस्कार गरे मेसिनले देला कि भनेर उसले मेसिनलाई नमस्कार ग¥यो । पैसा दिएन । बिन्तिभाउका साथ ढोग्यो । तर मेसिनले एक पैसा पनि दिएन ।

‘धनीलाई रातदिन पैसाको बिटो दिने, म गरिबलाई हेपेर एक पैसा नदिने ?’ धनबहादुरले मेसिनलाई एक लात हान्यो ।
अहिले धनबहादुर बैंकिङ कसुरको अभियोगमा जेलभित्र छ ।

‘एकलब्य दृष्टि’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
कुकुर भुके हजार !!

कुकुर भुके हजार !!

पुन्य कार्की
अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

फित्काैली डटकम
कुकुरको भाषा

कुकुरको भाषा

चिरञ्जीवी दाहाल
धक्कामुक्की नै गरेर आउनू भन्या हो ? त्यस्तो त अलि नगरुँ होला !?

धक्कामुक्की नै गरेर आउनू...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x