साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वास्थ्यको राजनीति

Nepal Telecom ad

नेपालका राजनीतिज्ञहरू स्वस्थ राजनीति गर्छन् अथवा गर्दैनन्, यसमा प्रशस्त वाद–विवाद हुनसक्छ । मतलव, वाद कम र विवाद बेसी । यससम्बन्धमा केही विवाद खडा गर्ने एकजना मै हुँ । वास्तवमा मेरा एकाध डाइरेक्ट सबालहरू रहेका छन् । अरूहरूका पनि होलान् । अन्यका विषयमा मैले आधिकारिक ढंगले केही भन्न नमिल्ने भएकाले म आफ्नै कुरा गर्छु र मेरो भन्नु के हो भने हाम्रा स्वनामधन्य नेताजीहरू आफ्ना राजनीतिक क्रियाकलापमा बलात् स्वास्थ्यलाई किन घुसाउँछन् हँ ?

यसको सबैभन्दा पछिल्लो उदाहरण भएर नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा देखापरेका छन् । यद्यपि उनको मौजुदा स्वास्थ्यलाई केही भएको छैन । उनी बिल्कुलै स्वस्थ छन् । तर, उनकी प्रिय पत्नी आरजु देउवाको स्वास्थ्य यथावत् छैन । यसकारण उपचार गराउने सिलसिलामा श्रीमान् श्रीमती देउवा मुलुकबाहिर प्रस्थान गरेका छन् ।

अब नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र श्रीमती आरजु देउवा उपचार गराउन कता, कुन स्थानमा र कहाँ गएका (अथवा पुगेका) छन् भन्ने प्रश्न नै फजुल छ । किनभने नेपालका राजनीतिक नेताहरू यसो गाथमा केही छुस्स हुनेबित्तिकै उपचारार्थ सोझै छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्लीतिर बेतोडले दगुर्ने गर्छन् । चाहे त्यो वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली होउन अथवा स्वयंघोषित मधेसी नेता राजेन्द्र महतो (हरू) । हाल नेपाली कांग्रेसका शेरबहादुर देउवाले पनि यही गरेका हुन् ।

अरू के त ? तर होइन, यो धेरै पहिलेदेखि चलिआएको परम्परामा उनले एउटा नयाँ इँट थपेका छन् । अर्थात् फरक आकार र वजनको इँट । मेरो भनाइको आसय के हो भने यस परिप्रेक्ष्यमा शेरबहादुरजी अचम्मैले रोगी देखिएका छैनन् । याने प्रत्यक्ष रोगी (शारीरिक हिसाब–किताबले) ।

अपितु उनकी सांसद श्रीमती माननीय आरजु देउवाको स्वास्थ्य बिग्रिएको छ । देउवा त स्वस्थ नै छन् । अझ आफ्नै कांग्रेसी साइडका प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पछारेर उनी नेपाली कांग्रेस पार्टीका सभापति भएका छन् । त्यसमाथि भर्खरै संसदीय दलको नेताको निर्वाचनमा पनि मजैले बाजी मारेका छन् । यस्तो डबल विजेताको स्वास्थ्य कसरी खराब हुनसक्छ ? त्यसैले नेपाली कांग्रेसका सर्वाेच्च नेता शेरबहादुरजी भयंकर स्वस्थ रहेकोमा कुनै शंका छैन ।

नेपालका राजनीतिज्ञहरूलाई उपचारको सिलसिलामा छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्ली पुग्न आफैं अस्वस्थ हुनुपर्छ भन्ने केही छैन । यो नितान्त नवीन सत्य–तथ्यलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहजै प्रमाणित गरेर देखाइदिएका छन् ।

उनकी श्रीमती हिन्दुस्थान पुगाइको राजनीतिक आयामलाई साक्षी राखेर भन्ने हो भने यस निम्ति अर्थात् यस प्रकारको स्वास्थ्य भ्रमण गर्न नजिक (अथवा टाढाकै) को कुनै नातेदार रोगी भए पुग्छ । जस्तै सासू, ज्वाइँ, ससुरा, जेठान, छोरी, साला, जेठानी, साली, छोरा, मामा, बुहारी, माइजू, काका, भतिजा, काकी, भिनाजु, भान्जा, दिदी, भान्जी, भतिजी इत्यादि । अझ यसमा पनि अर्धांगिनी नै अस्वस्थ भए झन् खास्सा हुने नै भयो । जस्तो, अहिले शेरबहादुरजीको सन्दर्भमा भएको छ । उनको आधा अंग नै रोगी भएपछि उपचार गराउन कतै न कतै जानु परेन त ? अब छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्लीको अस्पतालभित्र बाहिर उपचारको उत्तम व्यवस्था भएकाले त्यता जानु परेको हो । यो स्वास्थ्यमिश्रित राजनीतिको गाँठी कुराबाट वरिष्ठ कांग्रेसी नेता शेरबहादुर अबुझ हुने कुरै छैन ।

अन्त्यमा
नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको स्वास्थ्यको राजनीति स्वस्थ हो या होइन भन्नेमा मेरो विवाद कायमै छ । जे होस् उनकी अर्धांगिनी श्रीमती आरजु देउवाको सुस्वास्थ्यको कामना गर्दै म बिदा लिन्छु ।

नेपालका राजनीतिक नेताहरू यसो गाथमा केही छुस्स हुनेबित्तिकै उपचारार्थ सोझै नयाँदिल्लीतिर बेतोडले दगुर्ने गर्छन् ।

कान्तिपुर, वैशाख ११, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x