साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अखाद्य सब्जी

Nepal Telecom ad

जाँदै थिएँ म पथमाथि चढेर गाडी
आश्चर्यले खचित दृश्य थियो अगाडि
ढाकेर मार्ग सकलै असरल्ल पारी
सब्जी छरेछ कसले यति धेर फाली ।।

बन्दा कतैतिर कतैतिर काउली छन्
छन् साग धेर थरका कि सिमीहरू छन्
बाटै छिचोल्न पनि मुश्किल भो मलाई
भै वाध्य रोकिन गएँ अनि छेउ आई ।।

फाल्नेहरू सब थिए नजिकै किसान
लाएर हात शिरमा दुखको निशान
भन्दै थिए अब गयो सब खत्तमै भो
सब्जी लगाउनु हरे शिव काल नै भो ।।

वीजै असाध्य महँगो महँगो छ खाद
कर्जा तिरी नसकिने न तिरेर ब्याज
सब्जी बिके पनि हुने कम धेर भाउ
हे दैव लौ न मरियो अब ता बचाऊ ।।

देखेर दुःख पनि भो अनि सोध्न थालें
फाल्यौ यहाँ किन त यो पनि भन्न थालें
गाई हुनन् नि घरमै अनि गोरु भैसी
खान्थे दिए त यसरी किन फाल्नु सब्जी ।।

यस्को जबाफ जब सुन्न पुगें भरङ्ग
लाग्यो अतीव बलियो बिजुली तरङ्ग
भन्छन् विषादियुत यो छ अखाद्य सब्जी
के बस्तु मार्नु छ र खान दिएर रद्दी ।।
जय किसान !!!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x