साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाले, ब्रोइलर र हामी

Nepal Telecom ad

कुखुरी ऽ ऽ ऽ काँ ऽऽ, निन्द्राको मिठो नसामा लठ्ठ भएको बेला कानमा भाले बास्यो । स्वरमा मिठास, सुरिलो र साङ्गितिक लय भए पनि निन्द्राले कोल्टे फिर्नुबाहेक उठ्ने मन लागेन । तर भालेले बास्न छाडे पो ! घडीको घण्टीभए एक खेप बजेर चुप लाग्थ्यो । तर भाले एक एक छिन बिराएर बासेको बास्यै । रातीको बिहानीपख होस् कि मध्यान्ह, ऊ आफ्नो जिम्मेदारी पुरा गरेरै छाड्छ । मतवाली गाउँमा बाल्यकालदेखि तन्देरी हुँदासम्म हुर्किएकाले नै होला भालेको स्वरसित बानी परेको । भालेको रङ्ग रूपसित परिचित । त्यै भएर छिप्पिएको भालेले भाँती पु¥याएर बासेको स्वर अति नै सुमधुर लाग्छ ।

म ठान्छु भाले चेतनाको मिथक हो । जागरणको सन्देश बाहक, ऊ हेर्नमा जति सुन्दर देखिन्छ बास्ताखेरि उसको स्वरको लय त्यति नै श्रुतिमधुर लाग्छ । अनुमान गर्न सकिन्छ, त्यो भाले हामीलाई नै निन्द्रबाट व्यूँझाउन छिटै उठेर आफ्ना जिम्मेदारी वा उत्तरदायित्वको निर्वाह गर्न लगातार आग्रह गरीरहेको छ । हामी भने वैज्ञानिक युगको सस्तो गफमा रमाउँदै भालेको साँप्राको सेकुवा चपाउन मात्रै महत्व दिन्छौँ ।

हेर्दा अति सुन्दर ससाना बाटुला र चन्चले आँखाले ऊ आफ्नो वरिपरिको सेरोफेरोमा आफ्नो प्रतिद्वन्द्वी वा छेउमा चल्ला चराउँदै र आफू चर्दै गरेकी पोथीलाई हेर्दै अथवा आकासतिरबाट कतै बेग मारेर आएर झम्टिन खोज्ने चिल, बाज वा बेसारोका पहरेदारी गरिरहेको हुन्छ । कतै आसन्न सङ्कट वा खतरा देख्ने बित्तिकै ऊ आफ्ना परिवार चल्लाहरू र पोथीलाई सतर्क रहन रचित स्वरमा ‘होसियार’को लामो स्वर सुनाउँछ र पोथीहरू तुरुन्त लुक्ने छेलिने प्रयत्न गर्छन् ।
कतै केही अनिष्ट नदेखे ऊ ढुक्क भएर अलिक अग्लो ठाउँमा चढेर आफ्ना पखेटा भ्याट् भ्याट् पार्दै कुखुरी …काँ… आँ बासेर सबैलाई ढुक्कैसित चर्ने सन्देश दिन्छ र आफूसमेत चनाखोसित यताउति चर्ने गर्छ ।

पाले हुनु त यस्तो पो, जो सदैव आफ्ना आश्रितहरूको सुरक्षामा चनाखो रही सबैलाई जागरुक र सतर्क भैरहन सङ्केत गर्छ वा सधैँ अरुकै सुरक्षा निम्ति समर्पित भैरहन आफ्नो कर्तव्य ठान्दछ । लाग्छ, सगरमाथाको आँगनबाट नेपाली मन र चेतनालाई ब्यूँझाउने कामको जिम्मेदारीमा ऊ सजग छ ।
उसलाई हेर्दा लाग्छ, उसलाई मान्छेलाई झैँ कुनै पिर, शोक, वेदना, लोभ, लालच, चिन्ता र धनकमाउने, धर्म गर्ने, सत्ता प्राप्त गर्ने, ठग्ने, अर्काको हत्या गर्ने, सबैलाई ठगेर धन्धा र व्यवसायका नाउँमा बिख बेचेर धन कमाउने इच्छा र लोभ छैन । जति बाँचिन्छ, जीवनलाई ढुक्कसित मिठोसित आनन्दपूर्वक बाँच ! मरेपछि डुमै राजा । स्वर्ग गएर ऐस गर्ने धुनीफुनीमा, जीवनभर धूत्र्याइँ, ठगी र बेइमानी र धर्मका नाउँमा कसैलाई पथभ्रष्ट पार्नु पनि छैन । अर्कालाई मानसिक भौतिक अध्यात्मिक आर्थिक राजनैतिक ठगी गर्नु पनि छैन । हुन सक्छ उसका ती ससाना बाटुला, चञ्चल र सव्रिmय आँखाले जीवनको अर्थ यसरी नै देखिरहेका होलान् । पाप र धर्मको फरेपसित ऊ सहमत छैन । कसैलाई ठगेर पेट भर्नेदेखि धन आर्जनको ध्याउन्ना उसमा छैन । यति बिघ्नका कुप्रवृत्ति, कुकर्म र कुनियत नभएर पनि ऊ भाले नै छ । प्रकृतिले नै उसलाई भाले बनाएर जिम्मेदारी वा दायित्व निर्वाह गर्न अराएको छ । उसमा राम्रो बानी र चरित्रसितै रूप र सौन्दर्यमा पनि ऊ भाले नै छ ।

सिँगार पटारको नखराबिना पनि ऊ कति मनमोहक, आकर्षक हेरीरहूँ लाग्ने छ । महिनाको आठ दस हजार रूपैयाँ सिँगार र नखरामा खर्च नगरीकनै पनि ऊ सधैँ नै हेरिरहुँ लाग्ने सुन्दर छ । ऊ बास्छ, सधैँ सही समय पाएर, सही स्वरमा बास्छ । एउटा जिम्मेदारीको वोधमा । ऊ कैल्यै स्वर, समय र भाका फेर्दैन । नेताहरू जस्तो किर्ते भाषामा बिहान वासेको स्वरलाई बेलुका फेर्दैन ऊ । नेताहरू झैँ सत्ता र भत्ताको रागमा सुन्दा मिठो अर्थ बिखालु जस्तो बास्तैन ऊ । राजनीतिका नीति र सिद्धान्त जस्तो आफूलाई पोसाइन्जेल सही र स्वार्थ विपरीत पर्ने बित्तिकै धोती फेरे झैँ स्वरलाइ फेर्दैन ऊ । ऊ त बास्छ सधैँ एक सुरमा, एकै रागमा र एकै लयमा । प्रकृतिका सुषुप्त प्राणीहरूलाई सूर्योदयको आगमनको निम्ता दिँदै ऊ बास्छ, मान्छेहरूलाई जागरणको विकुल फुक्तै । आकर्मण्य सुषुप्त, निष्कृय, अल्छे र सुस्त मान्छैहरूलाई ‘उठ ! जाग !’को सन्देश दिँदै ।

कविहरूले पनि भालेबाटै समाजलाई जगाउने सन्देश दिन सिकेका हुन् कि जस्तो पनि लाग्छ । जस्तै–
उठ जाग मुसाफिर भोर भई – गान्धी
भाले बास्यो पुरव हेरेर, हामी हाँस्यौँ यो शासन तोडेर – भूपी
उठ जाग बिहान भो – चूमरे
जाग जाग अब जाग न जाग – धरणीधर
पुराना युगका रिसी दत्तात्रेयले प्रकृतिका चौबिस जीवहरूलाई गुरु मानेको कुरा पुराणतिर पाइन्छ । तर उनले भालेको महत्त्व न बुझीकनै भालेको उपेक्षा गरेको भन्न सकिन्छ । उनले भालेको महत्त्व बुझेका भए भालेलाई एक नम्वरको गुरु मान्ने थिए क्यार । अथवा इमान्दार र कर्मठ अनि सजग भालेलाई नै प्रथम गुरु मान्थे भनेर ठोकुवा गर्न सकिन्छ ।
प्रकृतिले मान्छेको तैनाथी गर्न, मान्छेलाई समयको परिपालना गर्न, समयमा ब्यूँझाउन, सचेत पार्न जिम्मेदारी दिएर निर्माण गरेको भालेलाई हिजाज मान्छेले मात्रै मासु खान र पोलेर साँप्रा चपाउन निम्ति खोरमा पाल्ने गरको छ, उस्को कुखुरी …काँ … सुन्न हैन । मुक्त विचरण गर्न, प्रकृतिको संसर्गमा रही घामलाई खुला घडी मानेर मान्छेलाई समयको सचेतनाको घण्टी बजाउन नपाएर सचेत पार्न नपाएर खोरमै कुँजिएर बस्नु पर्दा ती उसका जिम्मेदारीहरूबाट ऊ आफैँ विचेत हुँदै गएको मात्र होइन, खोरको दुर्गन्धले गर्दा हैजा फैलिएर बेलाबखत उसका समूल वंश नाश हुन खोज्छ ।

स्वतन्त्रता गुमाएको कैदी जीवनको अभिशापले ग्रस्त भाले प्रकृतिले प्रदान गरेको महत्त्वपूर्ण दायित्वहरू एकपछि अर्को गर्दै गुमाउँदे जान थालेपछि भाले अब प्रकृतिको सन्तानबाट मेसिनको सन्तान हुँदै हिजोको जागरुक अभिभावक भाले अब मात्र मासुको डल्लोमा रूपान्तर हुँदैछ । मान्छेकै सेवा र समयको पहरेदारी गर्ने जिम्मा पाएको सौन्दर्यको नमूना भाले आज मान्छेकै लोभी चरित्र र स्वार्थीपनाले गर्दा मात्र चारो खाने र बिष्ट्याउने जिम्मेदारीको निरर्थक अवस्थामा झरेको छ ।

आज परिबन्दले वा समयले होस्, भालेको युगलाई ब्रोइलरको युगमा हुत्याइ दियो । अब भालेको डाकबाट चेतनाको सङ्केत र जागरणको स्वरले मान्छेलाई पराधीनको, उपनिवेशको, सामन्ती राजतन्त्रको अँध्यारो युगबाट मुक्त हुन, सचेत बन्नलाई ब्यूँझाउने स्वर नै बिलुप्त हुँदै छ । सम्भवतः भालेको ब्रोइलरीकरणसितै त्यसका उपभोक्ता मान्छेहरू पनि आर्थिक, धार्मिक साम्राज्यवादका व्रmूर र रुखो सञ्जालमा र उपभोक्तावादको परिबन्दको खोरमा स्वयं आफ्नो मुन्टो घुसाइरहेका छन् । जन्मदेखि आफ्नो चिनारी विहीन भएर विश्वका आर्थिक तानाशाहहरूका पोल्टामा आफूलाई ‘त्वं समर्पहे’ गरिरहेको स्थिति छ ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x