साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गाहरूको मेला

Nepal Telecom ad

ढुङ्गाहरूको मेला
भो, हृदय भएकाहरू नआऊ
मैले यहाँ ढुंगाहरूको मेला लगाएको छु ।
आँसु जमेर बनेका हुन् यी ढुंगाहरू ।
यहाँ किचिन सक्छन् असङ्ख्य मृदु सपनाका मुनाहरू
नउम्रिन पनि सक्छन्, रहरका नवीन वसन्त–बिउ ।
हुन त यी ढुङ्गाको आफ्नै गाथा नभएको कहाँ हो र ?
टेक्दैटेक्दै यस्तै ढुंगाको छातीमा
क्षीर तरेर लंका पुगेथ्यो सुग्रिवको सेना,
यसैभित्र त छ
गौतमीको सतित्वको महात्म्य
यिनै ढुंगाको जगमा उभिएको हो
मिश्रको आदिम गौरव– पिरामिड
यिनैलाई टेकेर सिकन्दरले तय गरेका हुन्
रगतको साम्राज्य ।
यहीँ टेकर त अगाडि बढेका थिए
समुद्रगुप्त र पृथ्वीनायारणका शाही काफिला ।
सधैँ आँसु रोइरहने सरमाथालाई पनि थाह छ,
सरगमाथा भन्नु, सारमा, पत्थर भन्नु नै हो ।
यिनै अचल शिलाहरूमाथि
नदीले कोर्रा हानीहानी लेखे
आफ्ना वाचाल इतिहासहरू
नदी बगेर जान्छन्, कहाँ कहाँ,
पछिसम्म रहने त यिनै ढुङ्गामा मुद्रित नदीगीत न हुन् !
शिलाजितले आफ्नो विजयको गाथा लेख्यो
यिनै पत्थरहरूमाथि
कापकापबाट यिनीहरूकै, उम्रियो पीपल र भगवान् बन्यो ।
यी सबैसबै यात्रामा
विजयका, देवत्वकरणका
खै कोको अमर भए
त्यो थाह भएन ।
तर, छाती केवल फुट्यो यिनै ढुङ्गाहरूको
बस्, आएको थिएन आवाज,
कसैले सुनेन त्यो एकान्त गीत ।
आँसु जमेपछि,
आँखामा बास माग्न आउने यी ढुङ्गाहरू
मेरा जन्मँदै मर्दै गरेका
असङ्ख्य स्वप्नतरेलीका प्रिय साक्षी जो हुन् !
हो, मलाई यिनीहरूको माया
भर्खरैको भुइँचालोमा ढली गएको
मेरो जन्मघरको जत्तिकै लाग्छ ।
हृदय भएकाहरू नआऊ
मैले यहाँ ढुङ्गाहरूको मेला लगाएको छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x