साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा कवि तिमिल्सिना

Nepal Telecom ad

काठमाडौं, जेठ १४, ०७३ । नियमित मासिक कार्यक्रम ‘अविरल जन साहित्य यात्रा– २६’ मा यस पटक कवि हरिप्रसाद तिमिल्सिनाले आफ्ना दर्जन कविता प्रस्तुत गरे । कार्यक्रमको प्रमुख अतिथि युवराज ज्ञवाली र अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनय थिए ।

कार्यक्रमको आरम्भमा युग कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, गोकुल जोशी र जननेता मदन भण्डारीको स्मरण गरिएको थियो । कवि हरिप्रसाद तिमिल्सिनाको व्यक्तित्वमाथि जन साहित्यिक मञ्च, नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले प्रकाश पारेकी थिइन् । कवि तिमिल्सिनाले आफ्नो लेखनको उद्देश्य आर्थिक सामाजिक समृद्धि होस् भन्ने नै रहेको ‘स्वागतम्’, ‘एक आलोक अनेक तरङ्ग’, ‘परिवर्तन’, ‘आमा विषयक’, ‘भूकम्प र नाकाबन्दी’ शीर्षकका कविता वाचन गरे ।

उनलाई साथ दिँदै कविहरू रत्नावली शर्माले ‘प्रेम, ममता र नारी’, रूपक अलङ्कारले ‘स्रष्टा’, सुदेश सत्यालले ‘युवा’ र ‘मेरो देश’, भागवत आचार्यले ‘सद्भाव’, जगत् वाशिष्टले ‘बादशाहलाई पत्र’ र डा.देवी नेपालले ‘दौँतरी’ शीर्षकका कविता वाचन गरेका थिए ।

सामालेचक प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले वाचित कवितामाथि टिप्पणी गर्दै कवि तिमिल्सिना आम नागरिकको भोगाइलाई भावनामा मिसाएर सौन्दर्यात्मक अभिव्यक्ति दिने सफल स्रष्टा रहेको बताए । महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारीले कार्यक्रममा परिष्कृत स्रष्टाका कविता सुन्न पाइएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रमुख अतिथि युवराज ज्ञवालीले कविता, गीत र सङ्गीतका माध्यमबाट जनताका माझ जानु आजको आवश्यकता रहेको बताएका थिए । कवि हरिप्रसाद तिमिल्सिनाका कविता सुन्न उपस्थित भइ दिने सबै साहित्यकारहरूलाई सभाध्यक्ष राम विनयले हार्दिक स्वागत गरे । अविरलको असारको २७ औँ शृङ्खलामा पूर्वको सुनसरी–मोरङलाई कर्मथलो बनाएर सिर्जनारत स्रष्टा प्रा.डा.बद्रीविशाल पोखरेललाई प्रस्तुत गरिने जानकारी दिइयो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x