साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको महिमा ?!

Nepal Telecom ad

कसरी भुल्यौ गणतन्त्र यति चाँडै तिमीले,
खुट्टा फुटेका र हातमा ठेला उठेका तिम्रा साथीहरूलाई,
जसले आफू भोको बसेर पनि तिमीलाई ख्वाए ।
आफू जागै बसेर नि तिमीलाई सुताए ।
अप्ठेरोमा तिमीलाई एक्लो छोडेनन्,
तिम्रा पछि पछि लागेर आए ।
तिम्रै आदेश शिरोपर गदार्,
कति अपाङ्ग बनेका छन्,कतिले ज्यान गुमाए ।
भन त गणतन्त्र,
तिम्रो आगमनले तिनले र तिनका परिवारले के पाए ?!

अझै पनि,
तिनका छोरा छोरीहरू तुईनमा झुण्डिएर स्कुल जाँदैछन् ।
प्राण राख्न गीठ्ठा भ्याकुर र नपाए घांस खांदैछन् ।
कति सिटामोल र जीवनजलको अभावमा मर्दैछन् ।
अनि कति पीडा सहन नसकेर आत्महत्या गर्दैछन् ।
के तिमीलाई थाहा छैन ?
तिम्रो स्वागतमा कतिको सिउँदो पुछियो ।
कति बाबु नानीहरू अनाथ भए, कत्तिको ईज्जत लुटियो ।

तिमी आउँदा कत्रो हर्षाेल्लास थियो ।
बर्षौको सपना पुरा हुने विश्वास थियो ।
र त, आफ्ना सवै पीडा भुलेर तिमीलाई भिœयाए ।
तर तिमी त मुठ्ठीभर शासकको रखौटी भएर बस्यौ,
भन त गणतन्त्र, सोझा जनताले चैं के पाए ¤

मैले सुनेको छु,
गणतन्त्र त गरिबहरूको हुन्छ ।
उसले गरिब र निमुखाहरूको आवाज सुन्छ ।
तर गणतन्त्र,
तिमी त कहिल्यै रगत बगाउनेहरूको भईनौ ।
काठमाडौंका आलिसान महलहरूमै रमायौ,
कहिल्यै पश्चिमका विकट गाउँहरूमा गईनौ ।
त्यसैले,
तिमी या त गणतन्त्र नै होईनौ,
बाघको छाला ओढेको स्याल हौ ।
होईन भने तिमी बेईमान, धोकेबाज हौ ।
सकिनौ आफ्नो ब्यवहार परिवर्तन गर्न,
केवल नाम फेरेर आयौ ।
मात्रै हाम्रो आंखा छल्न श्रीपेच खोलेर टोपी लायौ ।
मात्रै हाम्रो आँखा छल्न श्रीपेच खोलेर टोपी लायौ ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x