मीनप्रसाद लामिछानेगणतन्त्रको महिमा ?!
कसरी भुल्यौ गणतन्त्र यति चाँडै तिमीले,
खुट्टा फुटेका र हातमा ठेला उठेका तिम्रा साथीहरूलाई,
जसले आफू भोको बसेर पनि तिमीलाई ख्वाए ।
आफू जागै बसेर नि तिमीलाई सुताए ।
अप्ठेरोमा तिमीलाई एक्लो छोडेनन्,
तिम्रा पछि पछि लागेर आए ।
तिम्रै आदेश शिरोपर गदार्,
कति अपाङ्ग बनेका छन्,कतिले ज्यान गुमाए ।
भन त गणतन्त्र,
तिम्रो आगमनले तिनले र तिनका परिवारले के पाए ?!
अझै पनि,
तिनका छोरा छोरीहरू तुईनमा झुण्डिएर स्कुल जाँदैछन् ।
प्राण राख्न गीठ्ठा भ्याकुर र नपाए घांस खांदैछन् ।
कति सिटामोल र जीवनजलको अभावमा मर्दैछन् ।
अनि कति पीडा सहन नसकेर आत्महत्या गर्दैछन् ।
के तिमीलाई थाहा छैन ?
तिम्रो स्वागतमा कतिको सिउँदो पुछियो ।
कति बाबु नानीहरू अनाथ भए, कत्तिको ईज्जत लुटियो ।
तिमी आउँदा कत्रो हर्षाेल्लास थियो ।
बर्षौको सपना पुरा हुने विश्वास थियो ।
र त, आफ्ना सवै पीडा भुलेर तिमीलाई भिœयाए ।
तर तिमी त मुठ्ठीभर शासकको रखौटी भएर बस्यौ,
भन त गणतन्त्र, सोझा जनताले चैं के पाए ¤
मैले सुनेको छु,
गणतन्त्र त गरिबहरूको हुन्छ ।
उसले गरिब र निमुखाहरूको आवाज सुन्छ ।
तर गणतन्त्र,
तिमी त कहिल्यै रगत बगाउनेहरूको भईनौ ।
काठमाडौंका आलिसान महलहरूमै रमायौ,
कहिल्यै पश्चिमका विकट गाउँहरूमा गईनौ ।
त्यसैले,
तिमी या त गणतन्त्र नै होईनौ,
बाघको छाला ओढेको स्याल हौ ।
होईन भने तिमी बेईमान, धोकेबाज हौ ।
सकिनौ आफ्नो ब्यवहार परिवर्तन गर्न,
केवल नाम फेरेर आयौ ।
मात्रै हाम्रो आंखा छल्न श्रीपेच खोलेर टोपी लायौ ।
मात्रै हाम्रो आँखा छल्न श्रीपेच खोलेर टोपी लायौ ।
हेटौंडा
Subscribe
Login
0 Comments
Oldest








































