साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोक्रो राष्ट्रियता

Nepal Telecom ad

को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि
उस्तै हो गणतन्त्र, लोक अथवा जे ‘तन्त्र’आए पनि ।
नेपाली जनता सहीकन बसे साह्रै बिचल्ली हुँदा
आई को अब आँसु पुच्छ र यहाँ नेपाल आमा रुँदा ।।

सत्ता बाहिर गर्जने तर तिनै सत्ता चढे लापता
खाली पेट अभावका समयमा को भन्छ स्वाधीनता ।
हाम्रा शासकको रिमोट छ उता उफ्र्यो, करायो, झुक्यो
खोक्रो राष्ट्रियता झुकी धनुषझैँ तर्केर दिल्ली पुग्यो ।।

नेपाली जनता सहेर रहने ‘जोगी’हरू फेरिने
जो आए पनि उग्र भाषण दिने कुर्सी मिले बेरिने ।
बोली मात्र मिठो भएर जनको फेरिन्न रे तक्दिर
खोक्रो राष्ट्रियता अपाङ्ग र लुलो भै लत्रियो आखिर ।।

कौवा शोक न हर्ष मान्दछ अरे यी बेल पाके पनि
हामी धीर भएर ‘हुन्छ कि’ भनी पर्खेर थाके पनि ।
हाम्रो जीवन कष्टपूर्ण छ अझै जाने कहाँ फर्किई
भोको पेट कसेर बस्छ जनता स्वाधीनता पर्खिई ।।

कैले बाघ बनेन स्याल वनमा ओढेर छाला तर
हुन्छन् धीर, सचेत नागरिक झन्, नेताहरू काँतर ।
राखे शासकले मिलेर अहिले यो देश नै बन्धकी
शङ्का लाग्छ बुझाउँछन् कि यिनले यो देश दिल्ली लगी ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x