साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाय हाय कार्वाही !

Nepal Telecom ad

ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई जरिमानामा बृद्धि ग¥यो रे । बित्यास परिहाल्यो नि लोकतन्त्रमा यस्तो गर्न पाईन्छ र ? ट्राफिक प्रहरीले लोकतन्त्र बुझेकै रहेनछ । बुझ्नु पर्नेले नबुझेपछि बर्बादै भो । हैन यो देशका सरकार र सरोकारवाला निकाय कहिलेदेखि सुध्रिएलान हो गाँठे ! सवारी साधनले जनताहरूलाई कति सुबिधा पु¥याएका छन् भन्ने बुझ्नु पर्दैन ? यस्तो जनताका सेवकहरूलाई जथाभावी कार्वाही गर्न त मिल्दैन नि । सरकारी कार्यालयहरूमा काम गर्ने कर्मचारीहरूलाई होस वा स्कुल कयाम्पस पढ्न जाने विद्यार्थीहरूलाई् सुबिधा होस् समयमा गन्तव्यमा पुगुन् भनेर भित्र उभिने ठाउँ नहुँदा पनि ढोकामा झुण्ड्याएरै भए पनि ओसारेकै छ । बरु उत्कृष्ट सेवा पु¥याए वापत प्रोत्साहन पो गर्नु पथ्र्यो त । उल्टै जरिवाना सरिवाना थप गर्नु त भएन नि !

सडकका लेन नामधारी सेता रेखा क्रस गर्न नहुने रे । जतिसुकै हतार भए पनि सिटी सुइय पार्नासाथ रोकिनुपर्ने रे । कहिँ नभएको जात्रा । केको लेन केको सेन ? बाटोभरी जतापायो तेतै कुद्न पाउनु प¥यो नि । अनि पो जाम साम हुँदैन त । अझ म त भन्छु फुटपाथमा पनि कुद्न दिनुपर्छ । सडकमा दिनभर उभिएर धुवाँ धुलो खानुप¥यो भन्दैमा सवारी साधनहरूसँग रिस पोखेर हुन्छ ? ट्याक्सीले सरल र सहज तरिकाले जस्ले जता जाउँ भन्यो त्यतै जान मिल्ने गरी मिटरमा अर्थिङ्ग गर्दा पनि कार्वाही नै गरेको छ । कमाएर खानु पर्दैन ? निस्वार्थ सेवा त कसले गर्न सक्छ र सवारी साधनले मात्र गर्ने । ग्यास नपाएको वर्षौ भयो त्यता कार्वाही गर्नु नि । बजारभाउ बृद्धि आकाश छोएको छ त्यता लाग्नु नि । चाहिने काम गर्नु छैन नचाहिने नचाहिने काम मात्र गर्छन । गाडीले धुवाँ फाल्यो भने पनि समातेकै छ । ट्राफिकलाई के थाहा जति कालो धुवाँ फाल्यो गाडी त्यती सफा हुन्छ भन्ने कुरा तिनिहरू भेहिकल मेकानिक भएपो बुझ्थे । धुवाँले बटुवालाई असर गर्छ रे । बटुवाले माक्स लगाएर हिडे त भैहाल्यो । अब माक्स नै नलगाईकन हिँड्छन भने सवारी साधनको के दोष ! खाल्डाखुल्डीमा जमेको पानी छेप्यो भनेर नि कहिलेकहिँ दोष लगाएर कार्वाही गर्ने गर्छन् । हैन त्यो पीच गरेको १५ दिन नपुग्दै खाल्डो पर्ने गरी पीच बनाउनेहरूलाई कार्वाही गर्नु पर्दैन ? बुद्धि जाने पो ।

लोकतन्त्र भनेको त जसलाई जे गर्न मन लाग्छ त्यही गर्न दिने व्यवस्था पो हो त । त्यसैले पहिले ट्राफिकलाई लोकतन्त्र पढाउनुप¥यो । जुन देशका जनताले जति स्वतन्त्रताका साथ मनपरी गर्न पाउँछन् त्यति नै देशको इज्जत बड्छ । अनि पो लोकतन्त्र बलियो हुन्छ । सानो दुःखले ल्याएको लोकतन्त्र हो यो? लोकतन्त्र ल्याउन जसले त्यत्रो दुःख गरेको हो तिनैलाई यत्रो सास्ती हुनुपर्ने ? सानो छिसिक्क केही भयो कि ठूलो जरिमाना बुझाउनु पर्ने ? अरुले सपना देख्छन् त्यो पनि पुरा हुन नसक्ने सपना कमसेकम सार्वजनिक सवारीले त विपनामा नै सपना साकार त पा¥याछन् । त्यसैले यो बढेको जरिमाना दस्तुर तुरुन्त घटाउनु प¥यो । घटाउने भए घटाउ नत्र हामी हाम्रो सवारी साधन ग्यारेजमै थन्क्याएर तास खेलेर बस्छौं । साथी हो एकसाथ भनौ त हाय हाय कार्वाही । हाय हाय कार्वाही ।। हाय हाय कार्वाही ।।।
गरौ लापर्वाही । लोकतन्त्रको जिन्दावाद । लोकतन्त्र मास्न पाइँदैन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x