साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय गणतन्त्र

Nepal Telecom ad

सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्तिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दीले पनि गनै देखाउने
जस्ले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।

ब्याज उठाउनेले पनि गन देखाउने
प्याज उठाउनेले पनि गन देखाउने
जुवामा लगानी गरी
असुली गर्नेले पनि गन देखाउने
पार्टिको रसिद काटी
असुली गर्नेले पनि गनै देखाउने
हैन गनैबाट चल्ने हो कि यो गणतन्त्र
जय गणतन्त्र ।

चिट चोर्न पाइएन गनै देखाउने
घर फोर्न पाइएन गनै देखाउने
डिस्कोको बाउन्सर पनि गनै देखाउने
कलेजको डिआइले पनि गनै देखाउने
हैन गन चलाऊने तन्त्र हो कि गणतन्त्र
जय गणतन्त्र ।

जनावरको तस्करले पनि गनै देखाउने
चन्दनको तस्करले पनि गनै देखाउने
ठेक्कापट्टा हात पार्न गनै चाहिने
आफ्नो बातमाथि पार्न गनै चाहिने
गन मात्र पाइने हो कि गणतन्त्र
जय गणतन्त्र ।

अब हुँदा हुँदा
मन परेकी केटीले मानिन
गनै देखाउने
श्रीमती भात पकाउने जानिन
गनै देखाउने
सेक्रेटरी बोस फकाउन जानिन
गनै देखाउने
पुलिसले कैदी भगाउन मानिन
गनै देखाउने
देशलाई गनमय बनाउने हो कि गणतन्त्र
जय गणतन्त्र ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x