सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय गणतन्त्र

Nepal Telecom ad

सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्तिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दीले पनि गनै देखाउने
जस्ले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।

ब्याज उठाउनेले पनि गन देखाउने
प्याज उठाउनेले पनि गन देखाउने
जुवामा लगानी गरी
असुली गर्नेले पनि गन देखाउने
पार्टिको रसिद काटी
असुली गर्नेले पनि गनै देखाउने
हैन गनैबाट चल्ने हो कि यो गणतन्त्र
जय गणतन्त्र ।

चिट चोर्न पाइएन गनै देखाउने
घर फोर्न पाइएन गनै देखाउने
डिस्कोको बाउन्सर पनि गनै देखाउने
कलेजको डिआइले पनि गनै देखाउने
हैन गन चलाऊने तन्त्र हो कि गणतन्त्र
जय गणतन्त्र ।

जनावरको तस्करले पनि गनै देखाउने
चन्दनको तस्करले पनि गनै देखाउने
ठेक्कापट्टा हात पार्न गनै चाहिने
आफ्नो बातमाथि पार्न गनै चाहिने
गन मात्र पाइने हो कि गणतन्त्र
जय गणतन्त्र ।

अब हुँदा हुँदा
मन परेकी केटीले मानिन
गनै देखाउने
श्रीमती भात पकाउने जानिन
गनै देखाउने
सेक्रेटरी बोस फकाउन जानिन
गनै देखाउने
पुलिसले कैदी भगाउन मानिन
गनै देखाउने
देशलाई गनमय बनाउने हो कि गणतन्त्र
जय गणतन्त्र ।

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे