साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको छयासिलसाैँ श्रृङ्खला

Nepal Telecom ad

काठमाडौं, २०७३ जेष्ठ १५ । अनुपम सिर्जना प्रतिष्ठान नेपालको छयालीसौँ रचना वाचन कार्यक्रम वरिष्ठ कवि देबेन्द्रप्रसाद खनियाको प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्त्वमा भव्यरूपमा सम्पन्न भयो ।

उपत्याकाको पश्चिमी भेगमा रहेर क्रियाशील हुँदै आएको एक मात्र साहित्यिक संस्था अनुपमले नियमित आयोजना गर्दै आएको रचना वाचन कार्यक्रमको यस श्रृङ्खलामा छन्द, स्वच्छन्द कविता, गीत,गजल तथा मुक्तकहरू वाचन गरे । रचनाहरू देशभक्ति भावनाले भरिएका, जनचेतना मूलक तथा सामाजिका विकृति बिरुद्ध प्रहार गरिएका थिए ।

रचना वाचन गर्ने स्रष्टाहरूमा क्रमशः दुर्गा रिसाल, जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, जितु खड्का, देबेन्द्रप्रसाद खनिया, रामशरण खड्का, रमेशप्रसाद गौतम, डा.जीवन अधिकारी, निर्मल पराजुली, वैरागी जेठा, डा.बमबहादुर जिताली, भाग्यशाली आधिकारी, ठाकुरप्रसाद प्रधान, पुरुषोत्तम सिग्देल, खगेन्द्र खोल्सागरे, राजन त्रिपाठी, लक्ष्मीप्रसाद मिश्र, विनुबाबा घिमिरे, ब्रम्हप्रिय प्रेमस्वरूप, सुनिता सापकोटा, रुद्र आधिकारी, अगन्धर अधिकारी, चूडा निर्भिक, बेनीबहादुर थापा, रामप्रसाद पौडेल, रामशरण श्रेष्ठ, नारायण निर्जल भण्डारी, बाबुराम सागर, सानु शर्मा, रीता खतिवडा, गणेश गोतामे, उमेश पाण्डे, लक्ष्मी श्रेष्ठ, तारा के.सी, द्वारिका कुइकेल अन्जान, सत्यराज थपलिया, हरि खनाल, जसध्वज गुरुङ तथा अनिता भण्डारी हुनु हुन्थ्यो ।

संस्थाका सचिव जितु खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x