सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि गिरीलाई गोपालप्रसाद रिमाल पुरस्कार

Nepal Telecom ad

काठमाडौं । साहित्य सदन नेपालले कवि अमर गिरीलाई यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार प्रदान गर्ने भएको छ । साहित्य सदनका तर्फबाट कवि रिमालका नाममा स्थापित यो पुरस्कार पहिलो पटक कवि अमरलाई दिन लागिएको हो ।

वि.सं. २०१७ साल भदौ २७ गते दाङको निमुरिया, रामपुरमा जन्मिएका कवि अमर गिरीका ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविताकृतिका साथै ‘समय, समाज र संस्कृति’ नामक विचार–चिन्तनमूलक कृति प्रकाशित छन् । उनी राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार, तारापन्त पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, योगेश्वर कलासाहित्य पुरस्कार, राप्ती सृजना पुरस्कार आदि प्राप्त गरिसकेका छन् ।

साहित्य सदनले विगत डेढ दशकदेखि हृदयचन्द्र सिँह प्रधान सम्मान अर्पण गर्दै आएको थियो । यसबाट श्यामप्रसाद, शान्तदास, आनन्ददेव भट्ट, रुद्र खरेल, राजेन्द्र सुवेदी, निनु चापागाईँ लगायतका स्रष्टाहरू सम्मानित भइसक्नु भएको छ भने यस वर्षबाट गोपालप्रसाद रिमालको नामबाट पुरस्कार प्रदान गरिने भएको हो ।

हृदयचन्द्रको नाममा गरिने सम्मान गद्य विधाका लागि र गोपालप्रसादको नाममा दिइने पुरस्कार पद्य विधाका लागि दिने निर्णय भएको जनकारी साहित्य सदनका मित्रलाल पंज्ञानी दिनुभयो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad