साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भद्रको अभद्र व्याख्या

Nepal Telecom ad

मेरो एकजना मित्र असाध्यै भद्र, सालिन र शुशिल स्वभावको हुनुहुन्छ । वहाँको शालिनता सुशीलताको व्याख्या गरिनसक्नु छ । मानिस व्यवहारले महान् हुँदो रहेछ, उहाँ पनि महान् हुनुहुन्छ । महानताले सबैलाई महान बन्ने प्रेरणा दिन्छ । त्यै भएर होला म पनि हल्का महान महानै भएको । त्यसैले भद्र भद्र पनि भएको छु । कसैले तपाईं भनुन् नभनुन् मैले नै भनिदिएँ जे पर्ला ।

अब महान भएपछि भद्रता त देखाउनै प¥यो । तर भद्रता देखाएर वा लेखाएर मात्रै नहुँदो रहेछ । भद्र भनेको के हो भन्ने मानिस पनि यसै देशमा रहेछन् । नेपाली भएर नेपाली नबुझ्नेलाई के भन्ने ? गाउँघरतिर कुरा नबुझ्नेलाई ल्वाँठ भन्ने चलन छ । यस उसले ऊ पनि ल्वाँठ नै हो जो नेपाली भएर नेपाली भाषाको ज्ञान राख्दैन ।

नेपालमा ल्वाँठहरूको कमि छैन भनेर भख्खरै मात्र ल्वाँठ अनुसन्धानमा लागेका एकजना समाजशास्त्रीे मित्रले अनुसन्धान रिपोर्ट निकालेका छन रे ! मैले हेर्न पाएको छैन । उसो त नेपाली भाषा चाहिँ बुझ्ने तर भद्र के हो, सहमति के हो नबुझ्ने मान्छे मेरै किचन क्याविनेटमा समेत छ । महिनाको चार दिन मैले किचन सम्हाल्ने अरु छब्बीस दिन उसैले सम्हाल्ने गरी हाम्रो सम्बन्धको गाँठो कसिएकै दिनदेखि सहमति भएको हो । यत्रो वर्ष त्यसै सहमती अनुसार किचन चल्या पनि हो तर अहिले आएर एकाएक महिनै भरी मैले नै किचन सम्हालिदेवस् झै गरेर किचनतिर त वास्तै पो छैन है ।

कस्को कुरो लेख्यो भनेर भन्नुहुन्छ होला पाठक मित्रहरूले अरुको कसको लेख्नु ! उही आफ्नै त हो नि । मति होस् वा नहोस् श्री थपिदिनु पर्ने श्रीमती । अस्ति झण्डै कुटाकुट प¥यो यै कुरालाई लिएर । म भन्ने, त्यत्रो सहमति गरेको हैन ? त्यो सहमति त चानचुन त थिएन सबै भद्रभलाद्मी राखेर गरेको सहमति । भद्र सहमती भनेकै त्यही त हो । अहिले आएर मलाई पेल्न खोज्ने ? धेरै निहुँ खोजे त्यै चार दिन पनि सम्हाल्दिन अनि थाहा पाउली ।

भद्रताको अभद्र व्याख्या गर्ने हक कसैलाई हुँदैन । भद्र भनेको भद्र नै हो भन्दा के हो भद्र भनेको भन्ने ? अझ भद्रमाया हो कि बलभद्र हो पो भन्छे त गाँठे । मलाई अरु कुरा थाहा छैन, भद्रताको त्याग म गर्दिन । यत्ति कुरा बुझिराखे हुन्छ । सहमति भनेको के हो भन्ने पहिला बुझ्नुप¥यो । सहमति आफैमा भद्र हुन्छ भन्ने पनि बुझ्नु प¥यो । अभद्रतामा सहमति हुन सक्दैन । सहमति शालिनतामा हुन्छ भन्ने पनि बुझ्नु प¥यो । सहमति सुशीलतामा हुन्छ भन्ने पनि बुझ्नुप¥यो ।

सहमति भाका मिलाएर गाइने गीतजस्तो मात्रै हैन । त्यसको अर्थ पनि खुट्याउन सक्नुप¥यो । मैले साथ दिने बचनबद्धता गरेको अनुसार म टसमस भएको छु र ? किचनमा जस्तो पाक्यो मिठो नमिठो केही टिप्पणी नगरी खाएकै छु । अलिनै होस् वा चर्को होस् केही नभनी खाएकै छु । फेरि केको निहुँ खोज्या हो ? अरु कुरा थाहा छैन । सहमति अनुसार हुनुपर्छ त्यत्ति हो । उखान टुक्का धेरै नआए पनि ‘मेरो गोरुको बाह्रै टक्का’ त भन्न पाइँदैन भन्ने कुरा मलाई पनि थाहा छ । बेलैमा बिचार गरेस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x