साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदर्श छाँटे पनि

Nepal Telecom ad

कुर्सी मोह र हानथाप यिनको हो श्रेय मात्रै लिन
जे जे गर्नु हुँदैनथ्यो दल मिली गर्छन् छिटो त्यो किन ?
नेता या दलको समर्थन गर्यौँ आएर ढाँटे पनि
हामीमा छ दरिद्र मानसिकता आदर्श छाँटे पनि ।।

चाहन्छौँ सब दौड यो लिगलिगे भन्छौँ प्रजातन्त्र होस्
आफू बाहिरिए नि भित्र मनले चाहन्छ कोही नहोस् ।
सत्ता चल्छ सधैँ समीकरणमा सिद्धान्त फाटे पनि
हामीभित्र छ दास मानसिकता आदर्श छाँटे पनि ।।

पुग्छन् माथि भुली धरातल तिनै खोज्छन् बडी इज्जत
साँच्चै प्वाँख पलाउँछन् र कमिला मर्छन् उडी अन्ततः ।
छाला, पुस्तक, वस्त्र धातु सजिलै टालिन्छ फाटे पनि
हामीभित्र छ रूग्ण मानसिकता आदर्श छाँटे पनि ।।

नेता नाम न नेक, नैतिकपना निष्ठा छ निर्लज्ज झन्
नारा नायकझैँ नपुंसक यिनी नादान निर्वस्त्र छन् ।
बर्षा गर्छ कि लाग्छ घाम घन त्यो आएर फाटे पनि
हामीभित्र छ जीर्ण मानसिकता आदर्श छाँटे पनि ।।

कैले देश भएर भित्र मनमा सत्ता र भत्ता भने
सत्ता बाहिर गर्जिए अझ बढी पक्का विपक्षी बने ।
कुर्सी पाप्त भए त मौन रहने यो देश साटे पनि
हामीभित्र पिशाच मानसिकता आदर्श छाँटे पनि ।।

राम्रो काम भए समर्थन सधैँ आलोचना खोटको
गर्ने उत्तम कार्य हो तर यहाँ खेती गरे भोटको ।
पेवाझैँ उपभोग गर्न दलका झण्डा समाते पनि
हामीभित्र निषेध मानसिकता आदर्श छाँटे पनि ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x