साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको अठचालिसौँ श्रृङ्खला

Nepal Telecom ad

काठमाडौंं, २०७३ श्रावण १५ गते शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको अठचालिसौँ सिर्जना वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम डा.सत्यराज थपलियाको प्रमुख आतिथ्य एवं संस्थाका वरिष्ठ उपाध्यक्ष भुवनहरि सिग्देलको सभापतित्वमा भव्यरूपमा सम्पन्न भएको हो ।

उपत्याकाको पश्चिमी भेगमा रहेको साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठानको नियमित मासिक कार्यक्रमको यस श्रृङ्खलामा वाचित कविता, गीत, गजल, भजन तथा मुक्तक रचनाहरूमा देशभक्तिको भावले भरिएका, जनचेतना मूलक तथा समाजिक विकृति बिरुद्ध प्रहार गरेका थिए ।

रचना वाचन गर्ने स्रष्टा क्रमशः जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, जितु खड्का, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, रामशरण खड्का, डा.सत्यराज थपलिया, निर्मल पराजुली, जनार्दन अधिकारी, द्वारिका कुइकेल, रुद्र अधिकारी, तारा के.सी., पुरुषोत्तम रिजाल, रीता खतिवडा, लक्ष्मीप्रसाद मिश्र, चूडा निर्भिक, लिलाधर पाण्डे, अगन्धर अधिकारी, श्रीधर पौडेल, दुर्गा रिमाल, भगवती रोका भूमिका, पुरुषोत्तम सिग्देल, हरि खनाल, सुनिता सापकोटा, जसध्वज गुरुङ, विनुबाबा घिमिरे, कृष्णदेव रिमाल, शिवप्रसाद ढुङ्गाना, सानु शर्मा, लालबहादुर भुजेल, जि.बी.गोतामे, रमेशप्रसाद गौतम, जनकराज अधिकारी तथा तोयनाथ भट्ट हुनुहुन्थ्यो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x