साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारीको ‘रोएको बाटो’ लोकार्पण

Nepal Telecom ad

काठमाडौं, साउन १४ गते (संसाक) । स्रष्टा ठाकुरप्रसाद अधिकारीको नवीनतम् कविता सङ्ग्रह ‘रोएको बाटो’ को नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले एक समारोहको बीच लोकार्पण गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. घिमिरेले नेपाली साहित्यमा आजबाट अर्का एकजना सर्जक थपिएका छन् भन्दै लामो समय जागिरे जीवनबाट पाएको खारिएको अनुभवलाई स्रष्टाले निकै सुन्दर ढङ्गले काव्यमा लिएर आएका छन्, साहित्यको लागि यो खुशीको कुरा हो, भन्नुभयो । डा. घिमिरेले भन्नुभयो, ‘स्रष्टालाई प्रकाशित यस कृतिले साहित्यको क्षेत्रमा अझ जिम्मेवार बन्न बाध्य पारेको छ, अर्को वर्ष फेरि कवि ठाकुरको ‘हाँसेको बाटो’ हामीले पढ्न पाऊँ ।’

प्रा.डा. गार्गी शर्माको सभापतित्वमा भएको लोकार्पण कार्यक्रममा कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै रोएको बाटोमा स्रष्टाले प्रकृति, मानवता, देशप्रम, शान्ति, प्रेम जस्ता कुरालाई अति सरल र सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् भन्नुहुँदै डा. शैलेन्दुप्रकाश नेपालले प्रकृति र हाम्रा व्यवहारिक जीवनका हरेक वस्तु र घटनालाई कवि अधिकारीले बिम्ब र प्रतिक बनाएर सहज तरिकाले कविताहरू सिर्जना गरेको बताउनु भयो ।

कृतिका रचनाकार ठाकुरप्रसाद अधिकारीले साहित्यमा आपूm कसरी प्रवेश गरें, बाल्य कालमा त्यसको लागि कति दुःख खेप्नुप¥यो भन्ने कुरा बताउँदै यो कविता सङ्ग्र्रह यहाँसम्म आइपुग्दा पनि आपूmले निकै अप्ठेराहरू बेहोर्नुपरेको छ, भन्नुभयो ।

प्रा. डा. रामचन्द्र लम्साल, ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष गणेश प्रसाद निरौला, कवि रमेश पौडेलले अधिकारीको पुस्तकमाथि मन्तव्य राख्नुहुँदै कवि ठाकुरलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै डा. सत्यराज थपलियाले कविता र विमोचित कृतिका बारेका आफ्नो धारणा राख्नुभएको थियो । तेजप्रकाश बानियाँले उपस्थित सबैलाई धन्यवाद दिनुहुँदै कवि अधिकारीको कृति साधारण पाठकको समेत मन छुने छ, भन्नुभयो ।

कवि ठाकुर प्रसाद अधिकारीको कृति रोएको बाटोबाट कवि कृष्णदेव रिमाल, कवि सबिना सिन्धु, कवि गीता खनाल र कवि भैरबी ढुङ्गानाले कविता वाचनसमेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपकुलपति डा. घिमिरेले संसाक पाक्षिकको साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरूमा नियमित उपस्थित भई संसाकको साथै साहित्य र सँस्कृतिको क्षेत्रमा पु¥याएको योगदान स्वरूप डा. शैलेन्दुप्रकाश नेपाल र कवि सविना सिन्धुलाई संसाकको तर्पmबाट रु. एक हजार नगदसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

तुप्चे–४, रातमाटे, नुवाकोटका कवि अधिकारीको यो पहिलो पुस्तकाकार कृति हो । २०३९ सालदेखि निरन्तर कविता यात्रामा अग्रसर कविको यस सङ्ग्रहभित्र समसामयिक विषयका ५९ वटा कविताहरू रहेका छन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x