साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु पालेर दुधको आश

Nepal Telecom ad

छिमेकी मित्रहरू आ आफ्ना
नवचेतनाका नवनिर्मित्त विकसित गोठहरूमा
नवजागरणका सुसेली गुन्गुनाउँदै
गाइको दूध दुहेर मजाले खाइ रहेका छन्
बँचेको दूधको पेडा बनाएर
अरुलाई पनि खुवाइरहेका छौं ।
तर हामी अहिले पनि
गाई पाल्ने कि न पाल्ने ?
कालो पाल्ने कि सेतो खैरो कुन पाल्ने ?
जर्सी पाल्ने कि देशी पाल्ने ?
पाल्ने नै पक्कापक्की भए
‘प्रमुख गोठालो’ कसलाई छान्ने ?
ऊ सहमतीय हुने कि बहुमतीय हुने ?
पुरै अवधि हुने कि पालो पालो हुने ?
यस्तै प्रश्नावलीहरूको उकाली–ओरालीहरूमा
घुम्ती र मोडहरूमा कहिले हामी
अजानमा रमाइ रहेका छौं ।
कहिले एक अर्काको कठालो समाइ चिच्याई रहेका छौं ।
कहिले बेतुकमा एकअर्कालाई
जिस्क्याइ रहेकाछौं ।
नियमनका सबै पराकाष्ठाहरू नाघेर
कहिले चसकी रहेका छौं,
कहिले मस्की रहेका छौं ।
मजाले एक अर्कालाई झुक्याई रहेका छौं
झुक्याउन सफल भएको ठानी मुस्काई रहेका छौं।
त्यसैले अहिलेसम्म पनि गोठमा
गाई भित्र््याउनै नपाइ नतिजा शून्य छ ।
नचाहिंदा चाहनाहरूमा अल्झेर
हातमा परिसकेको पारसमणि गुमाइरहेका छौं ।
स्वसृजित अन्यौलको अस्तव्यस्तताको
सन्त्रस्त हुण्डरीभित्र रुमलिरहेका छौं ।
सोच्नुस् हामी स्वयंनै मुलुकलाई
कता पुर्याइरहेका छौं ।
खिन्नताको पहिरोले चोइटिएको छ जीवन
आफ्नै ढिपीमा, आफ्नै अहम्मा
कहिले नीतिगत कहिले दलगत
कहिले व्यक्तिगत अहंकारगत
कहिले उत्तर कहिले दक्षिण ठोकिंदै
ढुनमुनाउँदै थचारिंदै हतारिँदै झन झन
ओरालो लागिरहेका छौं ।
चेतनाको चुली उचाल्न बेफुर्सद भै
–धेरै थोक पाएर पनि
–सबैथोक हराएका हामी,
‘गोरु पालेर दुधको आशमा’ प्रतिक्षारत छौं ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x