साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बण्डातन्त्र जिन्दावाद !

Nepal Telecom ad

सत्ता खेल सधैं चल्यो चलिरह्यो, सिद्धान्त–आस्था गले ।
बन्डातन्त्र सधैं फल्यो फलिरह्यो, आदर्श– श्रद्धा ढले ।।
के फुल्थ्यो जनतन्त्रको कुसुमा ता, सर्दारतन्त्रै अघि ।
बन्डातन्त्र फल्यो फुल्यो मुलुकमा, कैल्यै नहट्ने गरी ।।

पालो चल्छ सधैं गिरोहगणको, स्वार्थी–लुटेरा उठे ।
आफ्नो आसय पूर्ण गर्न कहिल्यै, मिल्दै नमिल्ने जुटे ।।
लोकैतन्त्र कता छ संघ–रचना, यै हो गणी–शासन ?
मात्रै नायक खोज्दछन्, शिव हरे ! त्यै राज्यको आसन ।।

लुट्ने रोल चल्यो क्रमैसित यहाँ, सर्दारका भीडले ।
फुट्ने रोग फल्यो विचार त मरी, दर्कारका तीरले ।।
देखिन्छन् खलनायकीपन अहो ! संघर्ष बेकार भो ।
बन्डातन्त्र बढेर न्याय–समता, धिक्कार धिक्कार ! भो ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x