साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बौलाह काजीको साँढे

Nepal Telecom ad

बौलाह काजीको गोरुले
जीवनभरी उनको हलो तानेर थाकेपछि
एक दिन गोरुले काजीलाई भन्यो–
काजी म कलिलो उमेरमै गोरु बनाइएँ
गोरु बनेकै दिन हलो र जुवा थमाइएँ
मर्ने बेला हरियो काँक्रो भए पनि
साँढे बन्ने ठुलो रहर छ
हजुरले नाइ भनीसिन्न मेरो ठहर छ ।

एकछिन त काजी अट्टहास हाँसे
त्यसपछि ठट्टाहास हाँसे
र तथास्तु बोलिदिए
साँढेको लागि ढोका खोलिदिए
साँढे उफ्रदै कुध्यो
खुशीले पर्खाल, सडकको डिभाइडरसँग जुध्यो
आफूलाई एक नम्बरको साँढे ठान्न थाल्यो
साँच्चैको कालुपाँडे मान्न थाल्यो
आफ्नो सिमाना नाघेर
सबै सरकारी बनमा हिंड्न थाल्यो
हुँदा हुँदा निजी क्षेत्रसँग पनि भिड्न थाल्यो
बौलाह काजी झैं बौलाउन थाल्यो
बनमारा घाँस झंै मौलाउन थाल्यो
रिस उठेकालाई सिङले उधिनेर फाल्यो
आफ्नै काजीलाई धन्न जेल हाल्यो
प्रोफेसरदेखि मास्टरसम्म
इन्स्पेक्टरदेखि डाक्टरसम्म थर्कायो
आफ्नै मालिकलाई समेत पाखुरा सुर्कायो
नटेर्नेलाई घुर्काउन थाल्यो
आफ्नै साम्राज्य हुर्काउन थाल्यो
सिमाना नाघ्यो, क्षेत्र नाघ्यो
किल्ला नाघ्यो, यत्र तेत्र नाघ्यो
साँढेको उन्माद चढेपछि
एक दिन जनताले काजीहरूलाई कुरो बिसाए
कुरो सुनेर साँढेसँग, केही काजिहरू रिसाए
रिसाएका काजीहरूले, बौलाह काजीको साँढेलाई
बानेश्वरमा बोलाएर ठोकाउने कुरा गरे
छ सय एक काजीलाई ढोगाउने कुरा गरे
कुरो सुनेपछि ,अचेल सुनिदैछ
बिरामी परेर साँढे गोठमै उङ्दैछ रे
फेरि गोरु बनाइने डरले झुङ्दैछ रे ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x