साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली रोक्न खानैपर्ने ५ खानेकुरा

Nepal Telecom ad

उमेर बढेसँगै बुढ्यौली लाग्नु स्वभाविक हो । तर शरीरमा आवश्यक पौष्टिक पदार्थको आपूर्ती{{read_more}} पर्याप्त नहुँदा तथा रोगव्याधी वा वंशाणुगत समेतका कारणले कतिपय मानिसमा सानो उमेरमैै अनुहारमा चाउरी पर्ने लगायतका बुढ्यौलीका लक्षण देखा पर्दछन् । यसरी असमयमै देखापर्ने बुढ्यौलीका लक्षण हटाउनका लागि खानैपर्ने केही सुपर फुड्स यी हुन्:

ओखर: ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा कोलेस्ट्रोल घटाउने, पाचन क्रिया सन्तुलित पार्ने र रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक लवणहरु पनि प्रशस्तै हुन्छन् । त्यसैले ओखरको नियमित सेवनले बुढ्यौलीलाई पर सारिदिन्छ ।

सागपात:  हरियो सागपातमा क्याल्सियम तथा फोलेट लगायतका आवश्यक तत्वहरु पाइन्छन् । जसले हड्डी मजबुत बनाउन तथा उमेरसँगै आँखामा देखापर्ने कमजोरी हटाउन पनि सहयोग गर्दछ । बन्दा तथा काउलीको नियमित सेवनले क्यान्सर तथा स्मरण ह्रास जस्ता रोगबाट समेत बचाउन सहयोग गर्दछ ।

चकलेट:  डार्क चकलेट कोकोआ बिन्सबाट बनेको हुन्छ जसमा पर्याप्त एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यसले रक्तप्रवाहमा सुधार ल्याउने तथा छालालाई सुख्खा हुनबाट बचाउँदछ र चाउरी पर्न दिँदैन ।

सिमी:  लो फ्याट प्रोटिनको राम्रो श्रोतको रुपमा रहेको सिमीको सेवन मुटुका लागि निकै लाभदायी हुन्छ । सिमीमा पर्याप्त फाइबर पाइन्छ जसले कोलेस्ट्रोल घटाउन सहयोग गर्नुका साथै एन्टीअक्सिडेन्ट, पोटासियम, आइरन र भिटामिन बी र बायोटिनका कारण सिमीको सेवनले सरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

माछा:  स्वस्थ फ्याट्टी एसिडको सबैभन्दा भरपर्दो श्रोत हो माछा । माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिड लगायतका पौष्टिक तत्वले सरीरलाई स्वस्थ र जवान राख्न सहयोग गर्दछ । 

एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x