साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश र जनताको लागि

Nepal Telecom ad

उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू पनि धेरैले छोडे ।{{read_more}} पढिसकेको सर्टिफिकेट च्यात्नू भन्यो । हामीले त्यसै गर्यौँ । height=

उसले देश र जनताको लागि व्यक्तिगत सम्पत्ति आर्जन गर्नु हुँदैन र आफूसँग भएको सम्पत्ति पनि पार्टीलाई बुझाउनू भन्यो । मैले त्यसै गरेँ । अरू पनि धेरैले गरे ।

उसले देश र जनताको लागि विस्तारवादी र साम्राज्यवादी देशहरूको भाषा लेखपढ गर्नु हुँदैन र आफ्नै भाषामा लेखिएका क्रान्तिकारी किताबहरूमात्र पढ्नु पर्छ भन्यो । मैले मानेँ । अरू पनि धेरैले माने ।

उसले देश र जनताको लागि अहिले प्रेम गर्ने बेला होइन । कोहीसँग प्रेम छ भने तुरुन्त छोड्नू भन्यो । मैले आफ्नी प्रेमिकालाई छोडेँ । अरूले पनि छोडे ।

उसले कविताले देश र जनताको लागि केही गर्दैन । क्रान्ति गर्नु पर्छ । कविता नलेख्नू भन्यो । मैले कविता लेख्न छोडेँ । अरू पनि धेरैले छोडे ।

ऊ एकाएक गायब भयो । हामीले ठान्यौँ ऊ भूमिगत भयो होला र अन्तै गयो होला । धेरै वर्षसम्म ऊ हाम्रोतिर आएन ।
देशमा गणतन्त्र आयो । अचानक ऊ देशकै ठुलो नेताको रूपमा हाम्रो अगाडि प्रकट भयो । उसका आसेपासेहरूले उसको हुनसम्म प्रशंसा गरे ।

केही दिनपछि उसका थुप्रै कुराहरू बाहिर आए–
देशमा क्रान्ति चलिरहेको बेलामा ऊ दक्षिणतिरको छिमेकी देशमा गएछ । त्यसबेलामा राजधानीको एउटा ठुलै व्यापारीको एक्ली छोरीसँग उसको प्रेम चल्दै रहेछ । त्यसलाई पनि उसले साथमै लगेछ । आफू निरक्षर भएको हुँदा राम्रै धन खर्चेर उच्चस्तरको शैक्षिक प्रमाणपत्र किनेछ । अनि लागेछ अमेरिकातिर । उतै हनिमुन मनाएछ । कविहरूलाई किनेर आफ्नो नाममा कविता लेख्न लगाएछ र किताब पनि निकालेछ । अनि क्रान्ति सकिएपछि यतै फर्किएछ र देश र जनताको लागि बाहिर बसेर क्रान्तिलाई सघाइरहेको थिएँ भनेर ढाँटेछ ।

अनि अहिले हामीचाहिँ देश र जनताको लागि आफूले गरेका त्यागहरूलाई सम्झी टिभीअगाडि बसेर उसको भाषण मन्त्रमुग्ध भएर सुनिरहेका छौँ र ताली बजाइरहेका छौँ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x