साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारी र पुष्टकारी

Nepal Telecom ad

बिलाकन्ने ‘क’ मा कान्नानी चढाएर खामे ‘र’ मा ईकारको फुन्द्रोको समागमपछि जन्मने ‘कारी’ नेपाली जनजिब्रोमा झुण्डिने शब्दपुच्छरमध्ये लोकप्रिय ‘शब्दपुच्छर’ हो । बोलीको केही नलागेपछि गोली ठोकेर शुरु गरिने क्रान्तिमा ‘कारी’ फुँदो जोड्दिनोस् त ! क्रान्तिकारीको जन्म भैहाल्छ । सात सालको काँगे्रसको सशस्त्र क्रान्ति, तत्कालिन वामेहरूको झापाली क्रान्ति अनि बाउन्नमा शुरु भएको अर्को करान्ति उस्तै–उस्तै हुन् । पेस्तोल, चक्कु र खुँडादेखि मुढासम्म बोकेर ‘लौ हिँड ठिटा हो हिँड बल्खु फोर्न’ भन्दै अघि बढ्ने शाही नौजवानहरू चाहिँ आजका साच्चैका करान्तिकारी हुन् । भकारी अर्को कारीयुक्त शब्द हो । भकारोसँग भकारीको कुनै लेनादेना त छैन परन्तु भ्रष्टाचारीको भने भकारीसँग राम्रै साठगाठ छ । जेट बिमानदेखि पेट्रोलबाट समेत भूमिगत रूपमा प्राप्त हुने लक्ष्मीलाई थन्क्याउने गजवको आश्रयस्थल हो भकारी । चोरीचकारीबाट प्राप्त हुने माल थन्क्याउने आधारइलाका समेत हो भकारी । तरकारी चाहिँ अर्को कारी जोडिएको मिठो भोजन मित्र हो, जसको साथविना हामी नेपालीको भान्छा अधुरो नै रहन्छ भने त्यसको अभावमा भात र ढिँडो दुवै आहत हुन्छन् । यसो भनौँ, ढिडो र भातसँग तरकारीको अमर–प्रेम आदिमकालदेखि नै उस्तै छ । तर तरकारी, भकारी, क्रान्तिकारी शब्दपुच्छरहरू चकारीजस्तो भने हुँदै होइनन् । तरकारी त महलदेखि झुप्रासम्म ब्याप्त छ । फरक यत्ति हो, बडाका घरमा आइटम–आइटमका तरकारी पाक्छन् भने गरिव सिकन्दरका छाप्रामा भने गुन्द्रुकको झाम्टा पनि नपाइएला भन्ने डर ।
सर् अर्थात साहेबसँग कारी मिसाउ“दा उत्पत्ति हुने सरकारी शब्द त लोकलाई सहस्र जानकारीमै रहेको शब्द हो क्यार । बडाहाकिमहरूले सकेसम्म आफनै भकारी र पोल्टो भर्न उपयोग गर्ने अखडा नै सरकारी अखडा हो । सरकारी ढुकुटी लुटेर प्राणप्यारीका गलामा नम्बरी सुनका दाम्ला भिरिदिने अनि महल बनाउने बहादुर खरीदारका चर्तिकला त तपाईं हाम्ले देखेसुनेकै छौँ । मालदेखि अड्डासम्म, भन्सारदेखि ढड्डासम्म भदौरे मुसालेझै“ जथाभावी भ्वाङ पार्ने काम त्यही सरकारी अखडामा हुन्छ भन्ने कुरो जाबो म फुरौलेलाई त ज्ञात छ भने यो मातृभूमिका अन्य वीर सन्ततीलाई त थाहा नहुने कुरै भएन ।
परोपकारी अर्को कारीधारी शब्द हो । पर रहेकालाई समेत वर ठानेर उपकार गर्नेहरू नै परोपकारी हुन् । तर सत्य भासिँदै कली जग्जगाउँदै गरेको अहिलेको ब्रम्हाण्डमा परोपकारी कर्म अति कठिन कार्जे भैसक्यो । इन्द्रका बाउ चन्द्र नै ओर्लिएर दिव्यदृष्टिले ‘सर्च’ गरे तापनि त्यस्ता परोपकारी खोज्न गाह्रो भैसकेको छ यो कलिजुगमा । बुद्ध, गान्धी र देवकोटा आदि बितिहाले । अधिकारी चाहिँ कारीहरूमध्ये प्रायः चर्चामै रहने कारी हो । बिबिसी रेडियोको नेपाली समाचारमा प्राय कहिल्यै पनि नछुट्ने ‘अधिकारी’ अधिकारवाला हाकिमहरूको विशेष पगरी हो । उसो त अधिकारी शब्द त नेपाललोकका मनुख्खेहरूमध्येका केही मनुख्खेहरूको थर पनि हो ।
‘आज्ञाकारी’ लाई त तपाईंहाम्ले धेरैचोटी चिठीपत्रमा भेट्टाएकै हौ । अझ कार्यालयमा लेखिने औपचारिक निवेदनको अन्त्यमा अनिबार्जे लेखिने यो शब्द आज्ञाको अवज्ञा गर्नेहरूले नै बढी प्रयोग गर्ने विशेषण हो । निवेदनको पुच्छारमा आज्ञाकारी लेख्दैमा आज्ञा मान्नु नै पर्छ भन्ने पो के छ र ? त्रेतायुगका हनुमान हुन् र आजका निवेदनकारीहरू जो मालिकको आदेश खुरुक्क मानुन् ।
पुष्टकारी चाहिँ कारीहरूमध्ये सबैभन्दा मिठो र सर्वप्रिय ‘कारी’ हो । पचास पैसादेखिन् पञ्चम रूपैया“सम्म पर्ने उखुको झोल निर्मित यो डल्लो सुस्वादु स्वदेशी घरेलु परिकार हो । त्यही भएर होला, पुष्टकारी खुवाएरै फकाइफकाई लब् गर्ने ‘लबर मनुख्खे’हरू पुष्टकारीलाई सबैभन्दा परोपकारी र प्यारो परिकार ठान्छन् । अरू मनुख्खेहरूले त्यसरी पुष्टकारीकै भरमा राधा पियारीको दर्शन पाउदा समेत म फुरौले भने हेरको हे¥यै । थुइक्क म फुरौलेको कर्म !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x