साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमन्ते साहित्यिक श्रृङ्खलामा आदिकवि जयन्ती

Nepal Telecom ad

भक्तपुर (नयाँ ठिमी), असार २३ २०७५। भक्तपुर साहित्य समाजको ६६ औँ घुमन्ते साहित्यिक श्रृङ्खलाको आदिकवि भानुभक्त आचार्यको २०५औँ वार्षिकोत्सव तथा असार १५ को सन्दर्भ अन्तर्गत ‘शब्द रोपाईः विशेष कवि गोष्ठी’ सम्पन्न {{readmore}}  भयो । उक्त गोष्ठीमा ललितपुर, काठमाडौं र भक्तपुरका करीव तीन दर्जन कविहरूले कविता र गीत प्रस्तुत गर्नुभएको थियो । आदिकवि भानुभक्तको तस्विरलाई नै सभापतिको प्रतीकको रुपमा राखी परम्परागतभन्दा बैग्लै शैलीमा कार्यक्रम सञ्चालन गरिएको थियो । यस विशेष कवि गोष्ठीमा कविहरू समाधान नेपाल, दुर्गाप्रसाद ग्वालटारे, कविन्द्रलाल प्रधान, दिलकुमारी डंगोल, तीर्थभक्त थकु, शुशिला प्रधानाङ्ग, मानिकबाबु ग्वंग, सौरव शाक्य, तेजकृष्ण श्रेष्ठ, जीवनाथ अधिकारी, सूर्यलक्ष्मी भोमी, बुद्धिकुमार घो, कृष्णहरी बुढाथोकी, सौरव शाक्यले विशेष कविता वाचान गर्नुभएको थियो । त्यसैगरी यस कार्यक्रममा जननी प्रसाद भुल, सुरेन्द्र ब्यान्जु र रोशनकुमार राजभण्डारीले सङ्गीतबद्ध गीत प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी यस विशेष कवि गोष्ठीमा जीतेन्द्र रसीक, बाबुकाजी सुवाल, वसन्त नकर्मी, श्याम माकजु, दीपेन्द्र श्रेष्ठ, उद्धव पोखरेल, नरेन्द्र महर्जन, अभागी मानन्धर, मोहनकृष्ण श्रेष्ठ, इश्वर थोक तथा लालबहादुर भुजेलले अतिथि कविको रुपमा कविता वाचन गर्नुभएको थियो भने रोशी श्रेष्ठले नेपाली सिनेमा मनको बाँधको गीत – पूmलको थुँगा बगेर गयो गंगाको पानीमा… भन्ने बोलको गीत गाउनु भएको थियो ।

यस विशेष कवि गोष्ठीमा पाठ गरिएका कविताहरूबारे साहित्यकार दिव्य गिरीले संक्षिप्त टिप्पणी प्रस्तुत गर्नुभएको थियो । वाचित कविताहरूबारे टिप्पणी गर्दै गिरीले गोष्ठीमा वाचन गरिएका कविताहरूमा वर्तमान समयको विकृति र विसङ्गति, नेपाली युवायुवतीहरू विदेशमा अत्यन्त दुःखकष्ट सहेर बःनु परेको वाध्यता, मानवियता, शान्ति, मानिसको द्वैध चरित्र, उसको चाहना र दम्भभित्रका अनेक पाटाहरू, जीवनको यथार्थता, प्रणयभाव र हाम्रो देशमा विशेष गरी असार महिनाको महत्व र असार महिनामा विशेष पर्वको रुपमा मनाइने धान रोपाईंलाई सजीव रुपमा प्रस्तुत गरिएको छ भन्ने टिप्पणी गर्नुहुँदै कवितामा कविले दृष्यचित्रलाई शब्दमार्फत अभिव्यक्त गर्नसक्नु ज्यादै महत्वपूर्ण हो भन्ने धारणा प्रस्तुत गर्नु भयो । साथै उहाँले दृष्य कविता बारे धारणा प्रस्तुत गर्दै कविले जुन कवितामा प्राकृतिक वर्णन र दृष्यहरूलाई समेत सजीव रुपमा प्रस्तुत गरी कविता सुनाउँदा श्रोताहरूले कवितामा वर्णित जीवन्त दृष्यहरू प्रत्यक्ष आत्मसात गरेको अनुभव हुन्छ त्यो नै दृष्य कविता हो र नेपाली साहित्यमा यस प्रकारको दृष्य कविताहरू अत्यन्त थोरै मात्र लेखिएका छन् भन्नु हुँदै कविता जीवन र जगतका अनुभव र अनुभूतिलाई अभिवक्त गर्ने माध्यम हो भन्नु भयो । 

कार्यक्रमलाई समापन गर्दै भक्तपुर साहित्य समाजका अध्यक्ष राजुराम मुनंकर्मीले भविष्यको कार्यक्रमवारे संक्षिप्त जानकारी दिँदै यस प्रकारको घुमन्ते साहित्यिक कार्यक्रमको महत्व दिनदिनै बिढ्दै गएको र सबैले भक्तपुर साहित्यिक समाजलाई प्रोत्साहन दिएकोले आगामी दिनहरूमा पनि कार्यक्रमलाई विशेष रुपमा सञ्चालन गर्ने विचार व्यक्त गर्नुभयो ।  भक्तपुरको नयाँ ठिमीःिथत आदर्श माध्यामिक विद्यालयमा सञ्चालित यस कार्यक्रमलाई सुलोचना सैँजुले सञ्चालन गर्नुभएको थियो । 
–दिव्य गिरी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x