साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम वाचनसँगै पुस्तक लोकार्पण

Nepal Telecom ad

काठमाडौं । अनुपम सिर्जना प्रतिष्ठानको नियमित रचना वाचनको ७१ औँ शृंखला कलङ्कीस्थित एड मार्क कलेजमा सम्पन्न भएको  height={{read_more}}  कार्यक्रममा स्रष्टा दुर्गा रिमाल ‘अधिकारी’द्वारा लिखित काव्य ‘पुत्रमोह’ को अतिथिहरू युवराज नयाँघरे एवं डा. बलदेव शर्मा अधिकारीले संयुक्त रूपमा गर्नुभयो । कार्यक्रमको पहिलो सत्रमा पुस्तक लोकार्पण सम्पन्न भएसँगै नियमित रचनावाचन प्रारम्भ भएको थियो । लोकार्पित पुस्तकमाथि बोल्दै डा. बलदेव शर्मा अधिकारीले कृतिकार रिमाललाई बधाई ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रममा डा. जीवन अधिकारी, डा. बमबहादुर थापा ‘जिताली’, तारा के. सी., सानु शर्मा, देवकी ढुंगाना, रामप्रसाद जोशी, जनार्दन धड्कन, बालकृष्ण सुवेदी, भाग्यशाली अधिकारी, ह्दय अधिकारी, लक्ष्मी बस्नेत, लक्ष्मीप्रसाद मिश्रले सिर्जना वाचन गर्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा सीता बिष्ट, पुष्कर रेग्मी, पुरुषोत्तम सिग्देल, पूर्णप्रसाद पन्त, हरि खनाल, उत्तम विचार, विनुबाबा घिमिरे, जशध्वज गुरुङ, उमेश पाण्डे, जगदीश्वर पोखरेल, भाग्यशाली अधिकारी, अमृता स्मृति, द्वारिका कुइँकेल, चूडा निर्भीकलगायतका स्रष्टाहरूले पनि आ–आÏना सिर्जनाहरू पस्कनुभएको थियो । प्रतिष्ठानले गत वर्षदेखि सुरु गरेको विधागत सिर्जना वाचनअनुसार यस असार महिनामा गीति विधाको पालो भएकाले स्रष्टाहरूले आ–आफ्ना गीति सिर्जना सुनाउनुभएको हो । 

कार्यक्रममा लोकार्पित पुस्तककी स्रष्टा दुर्गा रिमाललाई अतिथि स्रष्टाहरूले बधाई तथा आगामी कृतिका लागि शुभकामना दिनुभएको थियो । प्रमुख अतिथिको मन्तव्यका क्रममा लेखक युवराज नयाँघरेले अनुपमको नियमित सिर्जना वाचन कार्यक्रमको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कवयित्री रिमालका यसअघि ‘सिर्जनाका रहरहरू’ तथा ‘त्रिवेणी’ कविता संग्रह प्रकाशित भइसकेका छन् ।  

नयाँ पुराना सबै खालका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव जितु खड्काले । 

यस अ िघ२०७५ ज्येष्ठ १९ गते शनिवार सत्तरीऔँ रचना वाचन भएको थियो यो । वर्षको दोस्रो महिनामा मुक्तकको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइएको थियो । संस्थाका अध्यक्ष पुरुसोत्तमप्रसाद अधिकारीको अध्यक्षता तथा प्रमुख अतिथि मदनराज थापाको आतिथ्यमा भव्यरूपमा कार्यक्रम सम्पन्न भयो । 

सो अबसरमा रचना वाचन गर्नेमा डा.बमबहादुर जिताली, पुरुषोत्तमप्रसाद अधिकारी, वेदमणि घिमिरे गोविन्द, मदनराज थापा, जगदीश्वर पोखरेल, बिनुबाबा घिमिरे, सुधा बाँसकोटा, हरि खनाल, पूर्णप्रसाद पन्त, दुर्गा रिमाल अधिकारी, देवकी ढुङ्गाना, बालकृष्ण सुवेदी, सानु शर्मा, गङ्गा आचार्य, सुबास न्यौपाने, स्वीकृती न्यौपाने, जनकराज अधिकारी, उत्तम विचार हुनुहुन्थ्यो ।

यसै गरी आफ्ना रचना वाचन गर्ने स्रष्टा ठाकुरप्रसाद प्रधान,चूडा निर्भीख, त्रिभुवनचन्द्र वाग्ले, राचन्द्र न्यौपाने वनवासी, घिमिरे मैदेली, रामप्रसाद पौडेल, मनिता बस्नेत खड्का, खगेन्द्र खोल्साघरे, पुरुषोत्तम सिग्देल, ईश्वरीप्रसाद 
न्यौपाने र जितु खड्का हुनुहुन्थ्यो । 

संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधामा रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने छ भन्दै अभ्यागतहरूलाई हार्दिक स्वागत गर्नु भएको थियो । संस्थाका आजीवन सदस्य सानु शर्मा र सुधा बाँसकोटा ढकाललाई प्रमुख अतिथिले आजीवन सदस्यको प्रमाणपत्र प्रदान गर्नु भएको थियो । सभाध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीले आफ्नो धारणा व्यक्त गर्नु हुँदै सहभागीहरूलाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भएको थियो । संस्थाका सचिव जितु खड्काले कार्यक्रम आकर्षकशैलीमा सञ्चालन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x