सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘समृद्ध नेपाल र सुखी नेपाली’ : स्रष्टालाई आह्वान

Nepal Telecom ad

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जननी र जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति विश्वास, कामको सम्मान आदि विषयमा चेतना सम्प्रेषण गर्न कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको छ । {{read_more}}

प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्र तयारी गरी एउटा सचेत स्रष्टा जीवनको यथार्थप्रति आँखा चिम्लिएर स्वप्निल संसारमा रमाउन सक्दैन भन्दै स्रष्टाले समतामूलक समाज निर्माण, मानवताको रक्षा र देशको विकास र समृद्धिका लागि आफ्नो चेतनालाई प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । अवधारणापत्र प्रतिष्ठानका उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे, महासचिव डा देवी नेपाल र सचिव डा विन्दु शर्माले तयार गर्नुभएको हो । 

“स्रष्टाहरू हरेक कुरामा प्रतिपक्षी नै भइरहँदैनन् । सरकारले गरेका केही राम्रा कामको मुक्त खण्डले प्रशंसा गरेर सत्कार्य गर्नका लागि सरकारलाई उत्प्रेरित गर्नु र गलत कामको खबरदारी गर्नु स्रष्टाको काम हो”, अवधारणापत्रमा भनिएको छ, “अबका स्रष्टाहरूले सरकारको समृद्धिको अभियानमा सहयोग पुग्ने गरी आलोचनात्मक समर्थन र विरोधका आधारमा समृद्धिको गन्तव्यका लागि दिशानिर्देश गर्नुपर्ने आवश्यकता छ ।” 

आजका स्रष्टाहरूको दायित्व भौगोलिक वा प्राकृतिक, सांस्कृतिक र मानवीय सम्पदाको महत्वबोध गराउनु र त्यसका लागि आफ्ना कला र सिर्जनाका माध्यमबाट सामाजिक चेतना र जागरणको काम गर्नुपर्नेमा जोड दिँदै स्रष्टाको काम सरकारलाई सचेतनापूर्वक खबरदारी गर्दै र राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न दबाब दिँदै विकास र समृद्धिका लागि उपयुक्त दिशानिर्देश गर्नु रहेको जनाइएको छ । 

कला, साहित्य वा संस्कृतिकर्मीको अबको काम जनमुखी एवं लोककल्याणकारी सामग्रीको उत्पादन, निर्माण र विकास केन्द्रित हुनुपर्छ भन्दै अवधारणापत्रमा स्रष्टाहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई आफ्ना कृति विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी, पुस्तकालय उद्घाटन आदिमा बोलाएर दिनभर नभुलाई काम गर्नका लागि निरन्तर दबाब दिनुपर्ने औँल्याइएको छ । 

देशलाई चौतर्फी रुपमा समृद्ध बनाउन बालबालिकालाई शिक्षा, स्वास्थ्य र अधिकारप्रति सचेत गराउने खालका बालसाहित्य, सम्पूर्ण नेपालीमा आफ्नो माटो र मुटु एउटै हो भन्ने भाव जागृत गराउने कविता, युवालाई विदेशमा होइन, स्वदेशमा पसिना बगाउने प्रेरणा दिने खालका गीत, अशक्त, असहाय र ज्येष्ठ नागरिकप्रति सम्मानभाव जगाउने गजल र मुक्तक, अन्धविश्वास, बोक्सी–, दाइजो र छाउपडीका नाममा हुने गरेका नारीशोषण र विभेदको अन्त्य गरी वैज्ञानिक र मानवतावादी समाज निर्माणमा सहयोग पुग्ने खालका खण्डकाव्य र महाकाव्य, भूकम्प र बाढीपहिराले ध्वस्त बनाएका संरचनाको पुनःनिर्माण र पीडितको उद्धारका लागि मार्ग्निर्देश गर्ने खालका कथा र उपन्यास, देशमा व्याप्त सबैखाले भ्रष्टाचार– ढिलासुस्ती– कालाबजारी– एकाधिकार र असमान व्यवहारको सिश र भएका जनतालाई जागृत गराउने र त्यसका कारकलाई खबरदारी गर्ने खालका नाटक र आफ्नो संस्कृति एवं संस्कारप्रति दृढतापूर्वक उभिने र नैतिक विचलन हुन नदिने सन्देश बोकेका निबन्ध लेखिनुपर्ने सुझाव पनि दिइएको छ । 
–रासस
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad