साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धको सम्झनामा शान्ति कविता

Nepal Telecom ad

काठमाडौँ, २०७५ जेष्ठ २५ गते भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२ औँ बुद्ध जयन्तीको height= उपलक्ष्यमा आयोजितस ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरियो । {{read_more}}

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ जना कविहरूले शान्ति कविता सुनाए । कविहरूले कवितामार्फत शान्ति स्थापना र सामाजिक समानताको पक्षमा कविता सुनाएका थिए ।

कविहरू अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देवकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल र कविता राई गाउँले आ–आफ्ना कविता वाचन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताए । 

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले समाजमा आपसी सद्भाव र प्रेमको अभाव खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि आफ्नो संस्थाले यसप्रकारको कार्यक्रम आयोजना गर्ने गरेको बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् कवि राजेश्वर कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । 

प्रतिष्ठानका संरक्षक विमल कोइराला, प्रथम मानार्थ सदस्य एस्पी कोइराला र एनएलजीका मानव संशाधन प्रमुख नौमिनाथ अधिकारीले ‘शान्ति कविता गोष्ठी’को महत्वबारे बोलेका थिए । 

कार्यक्रममा ‘कलाश्री’ साहित्य वार्षिक पत्रिकाको मन्चमा आसिन र दर्शकदीर्घामा रहेका उपस्थित सबैले खामबाट पत्रिका निकालेर विमोचन गरेका थिए भने ई–पत्रिकाको नयाँ अङ्कको पनि लोकार्पण गरिएको थियो ।

विमोचित पत्रिका ‘कलाश्री’ साहित्य वार्षिकमा प्रकाशित रचना मध्ये उत्कृष्ट ठहरिएको बलराम अधिकारीको निबन्ध ‘सुपेरियोरीटी कम्प्लेक्सको टुप्पोबाट’का लागि रु. ११ हजार राशिको ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी मणि लोहनीले गरेका थिए । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x