साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मित्रको एकल कविता साँझ

Nepal Telecom ad

अग्रज प्रगतिवादी कवि भारद्वाज मित्रको क्यानडामा पहिलो एकल कविता साँझ यही जुलाई २ मा क्याल्गरीमा सम्पन्न भयो। {{read_more}}  height=कवि मित्रका आधा दर्जन हाइकु, गजल र बाल कविता समेत गरी डेढदर्जन भन्दा बढि रचना वाचन गर्नु भएको थियो ।

कविता वाचनका साथसाथै “राम्रा कविता कसरी लेख्ने” भन्ने बारेमा पनि कवि भारद्वाज मित्रले चर्चा गर्नु भएको थियो । कवितामा जीवन्त विचार हुनुपर्ने र त्यसलाई कलाको सुन्दर आवरणले सजाउन नसकिए कविता लामो समय जीवित हुन नसक्ने हुनाले कविता लेखन सामाजिक जिम्मेदारी सहितको काम भएको प्रष्ट पार्नु भयो ।

मार्क्सवादी सौन्दर्यशास्त्रको सही विश्लेषण गरी अहिलेको नयाँपुस्तासंग जीवन्त सम्वाद स्थापना गर्न नसके कविता पाठकबाट एक्लिदै जाने अवस्थाको चित्रण गर्नुभयो ।

नेपाली साहित्य समाज क्याल्गरीद्वारा आयोजित कार्यक्रमको सुरूमा नेप्लिज क्यानडिएन सोसाइटी अफ क्याल्गरीको तर्फबाट अध्यक्ष ध्रुव राई, नेपाली साहित्य समाज क्याल्गरीका तर्फबाट दीपक ढकालले र गुल्मेली समाज क्याल्गरीको तर्फबाट अध्यक्ष वरिष्ठ इन्जिनिएर राजेन्द्र गौतमले संयुक्त रूपमा फुलमालाले श्रष्टा भारद्वाज मित्रलाई सम्मान गरिएको थियो । अल्बर्टामा आयोजित यो तेस्रो एकल कविता थियो । यसअघि २०१४ मा कवि बासुदेव अधिकारीको एडमन्टनमा र दोस्रो २०१५ मा कवि अनमोलमणिको क्याल्गरीमा एकल कविता साँझ सम्पन्न भएको थियो ।

एकल कविता अनौपचारिक छलफल र प्रश्नोत्तर सँगसँगै अगाडि बढेको कार्यक्रममा साहित्य समाजका अध्यक्ष दीपक ढकालले आफ्नो गजल वाचन गरेर गजलका देशप्रेमको प्रसंग उठान गरेपछि भारद्वाज मित्रले गजललाई सबल बनाउने उपायको चर्चा गर्नुभयो । क्याल्गरीको नेपाली समाजले आफ्नै कार्यालय भवन किन्ने तयारी गरी रहेकोले अर्कोपल्ट एकल कविता आफ्नै भवनमा एकल कविता गर्ने बताउँदै कोषाध्यक्ष घनेन्द्र न्यौपानेले पञ्चायतको ज्यादतीका बेला पनि जन्मथलो संखुवासभामा स्रष्टा निर्भीक भएर संघर्ष गरेका प्रसंग उठाउनु भएको थियो । कुसुम ज्ञवालीले संयोजन गर्नु भएको उक्त कार्यक्रमका ज्ञवालीले भारद्वाज मित्रका छन्द कविता बाचन गर्नु भएको थियो । 
दुई घण्टाको उक्त एकल कवितामा इन्जिनिएर विशाल ढुङ्गेल, डाक्टर मनिक राई, प्राध्यापक चक्रपाणी खनाल, कृष्णा कोइराला, गोविन्द लुइटेल, रमेश अधिकारी लगायत साहित्यानुरागीहरूले अनौपचारिक छलफलमा सहभागी हुनुभएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x