साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सब गर्न भ्याइदिएको छु

Nepal Telecom ad

(बाङ्ङा कलमका नाङ्गा कुरा) height=

खै के भाको छ अचेल मलाई
बलात्कार भएको पनि देख्दैन {{read_more}}
कसैले न्याय मागेको पनि देख्दैन
भोट माग्दा भाषणमा खै के के बोले बिर्सिसकेँ
बुढो भनु भने झन युबा भाको जस्तो लाग्छ
कम्जोर भनु भने मनले कता कता ताग्छ
सरकारी भात लागेको हो कि
सत्ताको मात लागेको हो
आँखा धुमिलिँदै गाको छ
कान पनि बाख्लिँदै आको छ
पञ्चायत कालमा जुम्रोलाई पनि
भैंसी बनाएर जनतालाई पढाइयो
प्रजातन्त्रमा पनि मुसोलाई
हात्ती बनाएर लडाइयो
खै आफ्नो पालामा त
हात्तीलाई पनि मुसो देखिने रहेछ
खै के भो के भो
झन यो सत्ता बसेपछि
झ्याप्प रतन्धो लागेको जस्तो भाको छ
बलात्कार, हत्या, वाइड बडी काण्ड त
भुसना जस्तो पो लाको छ
मुन माताको प्रसाद लाग्या हो कि
सुकी माताको सङ्गत लाग्या हो
न निर्मला काण्ड देख्छु
न सुन काण्ड देख्छु
देख्छु त धमिजा काण्ड मात्र देख्छु
बरु कता कता आफूलाई
यो देशको महाराजाको महसुस गर्छु
पोल पोलमा फोटा झुण्डाएको देख्दा दङग नै पर्छु
यो गरेन सरकारले
त्यो गरेन सरकारले भन्नु हुन्छ
सब गर्न भ्याइदेको छु
न पत्याए हेर्नुस् न पोल पोलमा
भर्खरै नयाँ युग नै ल्याइदिएको छु
अब कसैले केही गर्न पर्दैन यहाँ
सब मैले गरेर भ्याइदिएको छु ।

दाङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x