साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासे सपना

Nepal Telecom ad

विकासको कुरा भनेको आजको भन्दा भोलि सरल, राम्रो, सभ्य र भव्य तरिकाले जीवन यापन गर्न पाउनु नै हो । {{read_more}} अनि सपना भनेको यिनै कुराहरूको परिपुरणको  height=लागि बुनिने योजनाहरूको पोको नै हो । यसै अनुसार सबैले भोलिको लागि केही न केही सपना देखेको अनि बोकेकै हुन्छ । कसैको सपना अल्पकालमा नै पुरा होलान् । कसैको दीर्घकालमा पुरा होलान् त कसैको सपना अधुरा नै रहलान् । हामीले सुनेका छौं हाम्रा नेताका सपनाहरू बोलेको अनि सुनेका छौं विकासे खोकाई खोकेको पनि । मेलम्चीको सपना बारम्वार देखिरहेका छौं । सुरुङबाट पानी ह्वाल्ल वल्लोपाटोमा आईपुग्न नपाई सपनामा कता हो कमिसनले छेक्यो रे । वाग्मती करिडोरलाई खै कता हो ठूलो ढुङ्गो पल्टिएर रोक्यो रे । नीजगढको अन्तर्राष्ट्रिय विभानस्थललाई जंगल कटानले छटानमा पा¥यो रे । खासाको रेलको लिक पनि सपना मै लिक हुँदैछ रे । पानीजहाजको लागि नदीका ठूला ठूला पुलहरूमा डाईभर्सनले सपना देख्दैछन् रे । 

तेत्तिस किलो सुन सपनामा नै देखेको आधारमा भारततिर फेला प¥यो रे । यस्ता सपनाहरूले कतिले त विपनामा मुर्तता पाए पनि । सपना देख्नुमात्रै ठूलो कुरा हैन यसलाई विपनामा रुपान्तरण गर्नु चाहिं ठूलो कुरा हो । देशमा हवाई इतिहासमा नै ठूलो फड्को मार्न वाईडबडी जहाज खरिद गर्ने सपना विपना हुन नपाउँदै कार्गोबडीमा सिट हाल्ने सपनाले प्राथमिकता पायो । सपनाहरू कहिलेकाहिं ओभरल्याप भएर आउँछन् । यस्तै ओभरल्याप सपनाले गर्दा कहिलेकाहिं मानिसहरू अल्मलिने गर्छन् र ओभरल्यापिङ सपनाले गर्दा नै मानिसहरू फन्दामा पर्ने गर्छन् । मैले पनि जीवनमा धेरै सपनाहरू देखें । कति सपनाहरू त मैले आफैले बिर्सिएँ पनि र कति सपनाहरू चाहिं यस्ता छन् जुन सपनालाई मैले अनेक प्रयत्न गर्दा पनि बिर्सिन सकेको छैन । सपनाहरू रातमा सुतेको बेलामात्र देखिन्छ भन्छन् तर मलाई थाहा छ त्यो कुरामा सतप्रतिशत सत्यता छैन किनभने सपना दिनमै पनि देखिन्छ । निन्द्रामा देखिने सपना भन्दा तन्द्रामा देखिने सपना भयानक हुने गर्छन् । दिनमा देखिने सपनाले नै मानिसहरूलाई नराम्ररी फसाउने गर्दछ । वाईडबडी जहाज पनि दिनमा देखेको सपनाकै कारण धरापमा परेको होला । स्मार्ट सिटी बनाउने सपनालाई अर्कै कुनै सपनाले ओभरल्याप गरिसकेको हुन सक्छ । त्यसैले स्मार्ट सिटीको कुरा आजकाल नसुनिएको । मोनोरेलको सपनामा पनि अर्को सपना ओभरल्याप हुन लाग्या छ रे भन्ने सुनिन थाल्या छ । 

मैले भरखरै निन्द्रामा एउटा सपना देखें । सपनामा बागमती नदी नदीकै रुपमा बग्दै थियो र तलतिरबाट एउटा विशाल रोवोटिक भिमकाय पानीजहाज आउँदै थियो । त्यो भिमकाय जहाज हेर्दाहेर्दै विशाल डोजरमा परिणत भएर आफू हिंड्ने बाटो आफै बनाउँदै अगाडि बड्दै थियो । अनि पानीजहाजको टिकट काउण्टर आर्यघाट, पचली भैरव, टेकु दोभान र चोभारमा समेत राखिने कुरा सपनामै सुनेर म झसङ्ग भएर जुरुक्क उठेँ । जब म बिउँझिएँ अनि तन्द्रामा सपना देख्न थालेँ । तन्द्रामा देखेको सपनाले निन्द्रामा देखेको सपनालाई ओभरल्याप गर्न खोज्यो तर मैले कुनै हालतमा त्यसलाई ओभरल्याप हुन दिइनँ । मैले सपना जस्तो देखे विपना त्यस्तै भइदिए कति राम्रो हुन्थ्यो ।
काठमाडौंमा नै पानीजहाज आइपुग्नु भनेको हाम्रा लागि खुसीको कुरा हुनसक्छ । तर दुर्भाग्य हाम्रो के छ त भने यहाँ कोही करोडौं भ्रष्टाचार गर्ने सपना देख्छन् र रातारात भ्रष्टाचार गर्न अनेक सपनाहरूलाई ओभरल्याप गरी गल्र्याम्म भ्रष्टाचार हावी हुन्छ । कोही भ्रष्टाचारीलाई खाल्डोमा हाल्न पहिलै खाल्डो खनेर कुरेर बसेका हुन्छन् तर भ्रष्टाचारीहरू छेउछाउ पनि आइपुग्दैनन् अनि खाल्डोमा पानी भरेर माछाका भुरा पालेर बस्छन् । सपना जे जस्ता हुन सबै विकासे सपनाहरू नै हुन् । अविकासे सपनाहरूले कुनै चर्चा पाउँदैनन् सपना भनेको मैले देखेको जस्तो भिमकाय र रोवोटिक हुनु जरुरी छ । त्यसपछि पो विकासले ह्वात्त फड्को मार्छ त । 

२०७५।०९।२४
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x