साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोक्स बक्स

Nepal Telecom ad

सरकारी अड्डा अदालत अनि अफिसहरू height=
यति नोकरशाह थिए कि अकवरी भोकजस्ता {{read_more}}
असरल्ल फालेको काँचो खिचडीका जोकजस्ता
लट्किएका बक्साहरू धमराका धवल गुँडमा
अल्मलिएर धरहराको टावर हेरिरहेका आँखाहरू

जोक्स बक्साहरू थिए, खै ! भित्र के थिए ?
जाँगर या जालीहरूका भ्रष्टाचारका फाइल !
हरेक पल्ट म झुक्किरहेथेँ जाहेरी निवेदनमा
हारेथेँ जोक्स बक्सका अनुत्तरित मौनतासँग
जोकरहरू झुक्याइदिन्थे हावा गफले मलाई !

हर अफिसका भित्तामा सानले तनक्क परेका 
भिक्टोरिया क्रसका मानका सुझावका लागि
आगन्तुक पर्खेका गणतन्त्रका होली वाइनहरू

मानसिक दरिद्रताले बजारिरहेथ्यो थचारिरहेथ्यो
अबोध कलमको निबबाट जोक्सका कारवाहीहरू
पण्डितका अर्ति र आदेशले लालबुझक्कड कहानी

’सुझाव’ भनिरहेका निर्देशक चोर औँलाहरू पनि
चोरका हुन या चरणका, या जोक्सका खेस्राहरू
न टिप्पणी थिए अफिसमा न शिष्टाचारका मनुवा
जोक्समा थिए, अलमल र ढलमलका जोकरहरू

सुझावका दैनिक पत्रहरू फतफत खसिरहेथे
बक्सामा हरक्षण, बन्द हुन्थे व्यङ्ग्य चोटले
हतपत डस्टविनका हरबखतका झोलीहरूसँग, 
जनताका पागल गीत बजिदिन्थे फेरि बजारमा !

संयन्त्र यस्ता थिए ’हुन्छ !’ ’हस !’ ’हजुर !, का
गजुरमा सुनका मोलम्वा दल्थे हातमा हात मलेर
भ्रमका विधिवत व्याख्यामा भविश्यवाणी गर्दा,
गणतन्त्र मसिहाहरू ईशुका अवतारमा हुन्थे ।

जनताले पोको पारिपारि सुझाएका सुझावहरू
जोक्स ठान्थे सुझावका जोक्स बक्स अचेल ।

सकि नसिक लौरो समाउँदै बोकिने हर महाजन
मेरै काँधहरूमा थियो, आदेश दिइरहेथ्यो मलाई
थरथर कामेका मेरा गोडा र भरोसाको लौरोसँग

उ सुझावले मोटाइरहेथ्यो, म दुब्लाइरहेथेँ
चौबाटो, चोक अनि गल्लीतिर
सरकारी जोक्स बक्ससँग !

कानुन पनि यिनैसँग, न्याय अन्याय पनि खल्तीमा !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x