साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमान्

Nepal Telecom ad

श्रीमान्, height=
श्रीमान्को गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ {{read_more}}
सुनमा उनै छन्, नोटमा उनै छन्
जग्गा जमिनमा उनै छन्
कालोलाई सेतो पार्छन्
सेतोलाई कालो पार्छन्
तिर्नु पर्नेलाई नतिर्ने पार्छन्
नतिर्नु पर्नेलाई तिर्ने पार्छन् 
थुन्नु पर्नेलाई छोडिदिन्छन्
छोड्नु पर्नेलाई थुनिदिन्छन् 
श्रीमान्
श्रीमानको गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ । 

मसी उनको अकाट्य छ
अक्षर उनको ढुंगाको छ
भ्रष्टाचारी आफन्त भएपछि
घुसखोरी मित्र भएपछि
धनवान सवै प्यारो भएपछि
र, तर, वा शव्द तरवार भएपछि
अक्षर अक्षरमा महल ठडिन्छ
कुवेरको झैं धन वटुलिन्छ
श्रीमान्
श्रीमानको गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ ।
सर्टीफिकेटमा उनै छन्
आफनै उमेर थाहा नपाउने
तराजुमा जोखी जोखी 
मोलतोल गर्ने उनैछन्
पंचायतमा रमाएकै थिए
प्रजातन्त्रमा मौलाएकै थिए
लोकतन्त्र, गणतन्त्रमा रमाएकै छन्
सदाचार नैतिकता खोपामा पोको पार्दै
धनधान्यनै सवथोक ठान्ने
बरु जिउँदै पटक पटक मर्न चाहने
तर, मरेर पनि बाँच्न नचाहने
श्रीमान्, 
श्रीमानको गाथा म कसरी गाउँ
श्रीमानको गाथा बेजोडको छ । 

२०७५ फागुन 
चन्द्रागिरि साहित्य सरोवरमा बाचन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x