सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्रीमान्

Nepal Telecom ad

श्रीमान्, height=
श्रीमान्को गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ {{read_more}}
सुनमा उनै छन्, नोटमा उनै छन्
जग्गा जमिनमा उनै छन्
कालोलाई सेतो पार्छन्
सेतोलाई कालो पार्छन्
तिर्नु पर्नेलाई नतिर्ने पार्छन्
नतिर्नु पर्नेलाई तिर्ने पार्छन् 
थुन्नु पर्नेलाई छोडिदिन्छन्
छोड्नु पर्नेलाई थुनिदिन्छन् 
श्रीमान्
श्रीमानको गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ । 

मसी उनको अकाट्य छ
अक्षर उनको ढुंगाको छ
भ्रष्टाचारी आफन्त भएपछि
घुसखोरी मित्र भएपछि
धनवान सवै प्यारो भएपछि
र, तर, वा शव्द तरवार भएपछि
अक्षर अक्षरमा महल ठडिन्छ
कुवेरको झैं धन वटुलिन्छ
श्रीमान्
श्रीमानको गाथा म कसरी गाउँ
हजुरको गाथा बेजोडको छ ।
सर्टीफिकेटमा उनै छन्
आफनै उमेर थाहा नपाउने
तराजुमा जोखी जोखी 
मोलतोल गर्ने उनैछन्
पंचायतमा रमाएकै थिए
प्रजातन्त्रमा मौलाएकै थिए
लोकतन्त्र, गणतन्त्रमा रमाएकै छन्
सदाचार नैतिकता खोपामा पोको पार्दै
धनधान्यनै सवथोक ठान्ने
बरु जिउँदै पटक पटक मर्न चाहने
तर, मरेर पनि बाँच्न नचाहने
श्रीमान्, 
श्रीमानको गाथा म कसरी गाउँ
श्रीमानको गाथा बेजोडको छ । 

२०७५ फागुन 
चन्द्रागिरि साहित्य सरोवरमा बाचन

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भुइँ नछोड

भुइँ नछोड

गोपीचन्द्र कार्की
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’