साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली आयो होली आयो

Nepal Telecom ad

 height=होली विशेष ::

रङ्गिबिरङ्गी रूप लिएर आज अनौठो होली आयो
आफ्ना संस्कृति ध्वस्त बनाई पोल्ने आगो होली आयो {{read_more}}
आफ्ना पौरख टाढै राखी छिमेक पोस्ने होली आयो 
रङ्ग उनैका ढङ्ग उनैका नक्कल गर्ने होली आयो

’होली आयो’ भेस्ट बनेर भेष उतैको आयो आयो
नेपालीको रहर बनेर नगद बगाउन होली आयो
अलिकति मदिरा,चिउरा,मासु,घोट्टा भाँग रमाउन आयो 
अलिकति बेढङ्गी, बेशर्मी नाच र हल्ला होली आयो्

हल्ला आयो सडक शहरमा उच्छृङ्खलता नाङ्गै आयो
फागु गाउँदै अबीर खेल्ने शिष्ट संस्कृतिले भाँगै खायो
घरको के हो परको के हो नाफा के हो घाटा के हो? 
चेत हरायो अन्तबाट नै आयो रङ्ग र रङ्ग हरायो

शिक्षा,संस्कृति,सोच अरूकै आयो त्यसले ढाक्दै आयो
सोच गुमेका नखरा गर्ने जमातको यो बन्दै आयो
जस्तो लाए, खाए पनि भो जे बोले पनि लाग्छ सुहायो 
सोच गुमेको दास अरूकै बन्ने मान्छे आज रमायो

भविष्य आफ्नो बिर्सी सारा पिएर मदिरा खूब रमायो
हाँस्दछ, मस्त छ भन्छ खुशीले होली आयो होली आयो
आउनुपर्ने फागु पुरानो, सोच नयाँ अलि उच्च थियो
कुन्नि के भयो सोच पुरानो, नयाँ बनी यो विकृति आयो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
राय सल्लाह

राय सल्लाह

डिल्लीराज अर्याल
बाँदरले गाई दुह्याे

बाँदरले गाई दुह्याे

डिल्लीराज अर्याल
नेतृत्व

नेतृत्व

नदी भट्टराई
कुम्भकर्ण

कुम्भकर्ण

लोक सुब्बा
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x