साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोपेर आँखामा खोर्सानीको बियाँ

Nepal Telecom ad

 height=पहाडको बेँसीमा,
एक सानो टुक्रा खेत भएको,
गरीब बाबुकी कान्छी छोरी– “सानी” {{read_more}}
आफ्ना आकांक्षाका रहरहरू पूरा गर्न,
नियतिको क्रूर घेरामा फसेर,
नरपिशाचको लहलहैमा लागेर,
पुगेकी छिन् पुग्नै नपर्ने ठाउँमा ।

जहाँ कामुकताले तिर्खाएर,
घिच्रो सुकेको– भड्किएको मानिस,
आफ्नो घरमा हाँस्ने ओठहरूलाई रुवाएर,
मोलतोलको झोँकमा,
कहिले  अँगालोमा बाँध्छ,
कहिले काखमा बसाउँछ,
कहिले चुम्मा खान खोज्छ त
कहिले चुरोट तानेर बूंग धूवाँले
उसको कलिलो  मुहारमा हान्छ,
जिस्क्याउँछ, चिमोट्छ,
नचाहेरै पनि उसले,फिस्स हाँस्नु नै पर्छ ।

जो बिक्दो त्यही टिक्दो यस ठाउँमा,
उता बोतल रित्तिईरहेको हुन्छ,
यता उनमाथि बेहाल बितिरहेको हुन्छ ।
कति थुम्थुम्याउने धैर्यलाई ?
रीस कति हो कति उठेर 
मनमनै फतफताउँछिन् उनी । 
सम्झेर आफ्नो नारकीय जीवन,
लुकेर एकान्त कुनामा,भक्कानिन्छिन् उनी ।

सानैमा देखेका ती सपनाका उडानहरू 
स्थिर छन् त्यहीँको त्यहीँ
सामुन्ने पर्खालमा झुण्डिएको 
क्यानभासमा चित्रित उडिरहेका बकुल्लाहरू झैँ ।

अधबैंसे सुनौलो फ्रेमभित्रबाट नियालिरहेका 
भड्किएको मानिसका कामुक आँखाहरू देखेर
हतप्रभ र  उदास हुन्छिन् सानी।
“छ्या !” निस्कन्छ उसको मुखबाट
मन रोए ता पनि, उसका मुखमा
मूर्तिवत् मुस्कान हुन्छ ।
नराधमबाट जोगिन दिनहुुँ 
तानातान, घमासान हुन्छ ।

यस धूमिल संसारमा सुन्दरता,
उसका लागि अभिशाप भएको छ,
यस पापी यौवनबाट  
गहिरो आघात भएको छ ।

पानीबाट निकालेको माछाजस्तै 
फट्फटाउँदै – छटपटाउँदै,
अथाह वेदनामा बाँच्न बाध्य छन्
हाम्रा “सानी” हरू ! 
वारि पनि पारि पनि
रोपेर आँखामा खोर्सानीको बियाँ ।
विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x