सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डा गिरीको अध्यक्षतामा ४९ सदस्यीय प्रगतिशील लेखक संघ 

Nepal Telecom ad

 height=२३ चैत, काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ४९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । {{read_more}} प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ । दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला प्रधानाङ्ग, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा, बाबुराम आचार्य र कोषाध्यक्षमा डा ध्रुव घिमिरे निर्वाचित हुनुभएको छ ।

विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन् । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट घटकका साहित्यिक स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको हो ।

सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको उपमहासचिव न्यौपानेले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न सम्मेलनमा महासचिव आरएम डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । रासस
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad