साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झर्ला र खाउँला

Nepal Telecom ad

 height=दासताका दुई वर्ग छन् मेरा दृष्टिमा सँगी !
पहिलो बाध्यता नै हो र दोस्रो चाहिँ स्वैच्छिकी {{read_more}}

तत्कालै मुक्ति चाहन्छन् पहिलो वर्गकाहरू 
दोस्राहरू भने खोज्छ्न् दासता लम्बियोस् अरू 

वर्णनातीत पीडा छ पहिलो वर्गमा सधैँ
र दोस्रो वर्गका चाहिँ गर्व–आनन्दमा सधैँ 

बाध्य दासहरू गर्छन् स्वामीप्रति घृणैघृणा 
दास स्वैच्छिकको कामै प्रभुको अभिनन्दन 

विरोधमा कसैले चूँं सम्म मात्रै गरे पनि 
अरिङाल भई चिल्छन् पानीमुनि लुके पनि 

मान्छेका रूपमा बाँच्ने चाहना बाध्य दासको 
झर्ला र खाउँला भन्ने चाहना अन्य दासको 

सिक्री फलामको नै होस् अथवा होस् सुवर्णको 
“गलफन्दी“ कुरा कैल्यै कसरी हुन्छ गर्वको ?

दासता दासता नै हो जुन खाले भए पनि 
पशुभन्दा अझै तल्लो “दास स्वैच्छिक”को जुनी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x