साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसहर बस्तीको रामखेलावण

Nepal Telecom ad

 height=बूढो हुँदै गएको मुसहर बस्तीको रामखेलावन !
राति जाडोले गर्दा आँखा झिमिक्क पार्न नपाउँदै, {{read_more}}
मिरमिरे उज्यालोमा कुखुराको भाले नबास्दै,
आफ्नो साइकिल पछाडि कोदालो झुण्ड्याएर
चीसो सिरेटोको सेकाई सहँदै,
ओठमा कलेटी परेको मुहार बोकेर
दुबोले सेतो फेटा गुँथे  झैं,
घाँटीमा झुण्ड्याइएको 
गम्छा नाक र टाउको छोपिने गरी बाँधेर
सुटुक्क घरबाट निस्केको छ ।

जस्तो उसको नियति,
त्यस्तै थोत्रो साइकलको नियति भएर नै होला,
बाटोभरि कहिले साइकिलले उसलाई बोक्छ,
कहिले उसले साइकिललाई बोक्छ ।

घुँडाको जोर लगाएर पाइडल मार्दै, घिसार्दै,
कहिले झरेको चैन इँटाले ठोकेर मिलाउँदै,
आफ्नो पसिनाको  मोल पाउन 
बिराटनगरको भूमि प्रशासन चोकमा 
हतारिँदै आई ठिङ्ग उभिन्छ 
बिहानै रामखेलावन !

दिनहुँको यो उरेठलाग्दो जीवनबाट
मन भरिएर उकुसमुकुस हुँदा पनि 
कतै ओकल्ने ठाउँ नपाउँदा
जीवन बोझिलो भएर
सोचाइका त्यान्द्राहरूलाई तन्काउँछ रामखेलावन !

“जन” खोज्दै सहरियाहरू आउँछन्, 
तर उसको
बुढो हुँदै गएको जीउ हेरेर
मोलभाउसम्म गर्दैनन् ।
एकपटक फेरि 
मन भरिएर आउँछ रामखेलावनको ।

आफ्नो स्वार्थका लागि राति प्रयोग गरेको फूल
त मानिसले मिल्काइ दिन्छ
चुसेर रस भमराले त लत्याइदिन्छ !
कुुुखुराको भालेको भुत्ला जस्तो 
तिरस्कृत जीवन उसलाई अब 
अस्वीकार भएकोले नै होला
फेरि जस्तोसुकै शर्तमा,
जुनसुकै काम गर्न पंजाब लैजाने 
ठेकेदारको खोजीमा लागेको छ रामखेलावन !

गाउँमैं परिवारसँग बस्ने सपना,
फुटेको चूूरा झैँ चकनाचूर भएर 
मनमनै भुतभुताउँछ,
रिसाउँछ रामखेलावन !

जति गर्दा पनि, कतै केही नलागेर
आँसु चुहाउँदै
खुइय ! लामो सुस्केरा तान्छ 
मुसहर वस्तीको रामखेलावन !!

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x