साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविहरू पागल हुन्छन !

Nepal Telecom ad

कविहरू पागल हुन्छन ?

प्रकृतिको अनुपमता लेख्छन,
सुन्दर पहिरनमा सजिएकी महिलालाई,
कवितामा सर्वाङ्ग नाङ्गो पनि देख्छन्,
त्यसैले कविहरू पागल हुन्छन् ।

कहिले बादलुको घुम्टोमा हराउँछन्,
कहिले धर्तीको गर्व भित्र बिलाउँछन्,
हरेक काल खण्डसँगै नेपथ्यबाट कराउँछन्,
परिवर्तनको लहरमा सँग–सँगै लहराउँछन्,
अनि कहिले त दहिचिउरे स्वभाव फर्फराउँछन्
त्यसैले कबिहरू पागल हुन्छन् ।

असामान्य चिजमा पनि कल्पिन्छन्,
सित्तैमा साईलीको भट्टितिर पल्किन्छन्,
र नसाको सुरमा कति ओटीको आत्मा चिथोर्छन्,
अनि फरिया, चोली कुर्ता सलवारसम्म बिथोल्छन्,
फेरि भन्छन्–
हामी कवि नभई दिएको भए सुन्दरताको के अर्थ ?
स्त्रीलाई सजाउने हामी, प्रकृतिमा रमाउने हामी,
हामी नभई दिएको भए तिमी र तपाई शब्द नै हुन्थेन ।

प्रकृति र महिलाको कल्पनामा लेख्नुको मजा नै बेग्लै,
अनि कविका श्रीमतीले कविलाई छोड्नुको सजा नै बेग्लै,
सायद उनी सही थिइन्,
दिन रातका मनोभावना,
कपोकल्पित बिचार र चाहनाहरू,
उनको ईच्छालाई गर्भे टुहुरो बनाएर,
शिर भन्दा ठुलो बोझको बज्रपात गराउँछन्,
त्यसैले उनी फेरि भन्छिन्–
कवि श्रीमानहरू साँच्चै नै पागल हुन्छन्,
अरुकै ईच्छा र चाहना मात्र कलमले बुन्छन्,
घरी–घरी,
एकान्तमा टोलाएर बाह्रखरी तुन्छन्,
साँच्चै नै कबिहरू पागल नै हुन्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
0
Would love your thoughts, please comment.x
()
x