साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहरिया हावापानी

Nepal Telecom ad

पानी छैन कहीं कतै घरघरै धाराहरू छन् यहाँ
धारो खोल्छु फिसिक्क फिस्फिस गरी फुस्किन्छ हावा यहाँ
पानीसम्म त पाइँदैन सजिलै के मिल्छ यो ठाउँमा
हावा खाइरहेछु खानु छ अझै हावै छ सस्तो यहाँ ।

हावा नै पनि बाक्लिँदैछ मिसिई धूलो धुवाँ बेसरी
त्यै बाक्लो पनि लिन्छु सास नलिए बाँच्ने यहाँ के गरी
मोटा चामल होस् कि दाल मुसुरो भेटिन्छ ढुङ्गा त्यहाँ
हावा खाइरहेछु खानु छ अझै हावै छ सस्तो यहाँ ।

बन्दा साग मुला टमाटर अहो बासी घिरौंला पनि
हीरा तुल्य छ मुल्य यो शहरमा आकासिँदो जे पनि
हावा मात्र छ आजसम्म छ भने निःशुल्क यो ठाउँमा
हावा खाइरहेछु खानु छ अझै हावै छ सस्तो यहाँ ।

मेलम्ची परियोजना अब छिटै बन्दै छ पूरा अरे
मेरो हैन पनातिको समयमा सम्पन्न त्यो हुन्छ रे
पानीका गुरुयोजना त कति छन् देशी विदेशी यहाँ
बन्छन् केवल योजना शहरमा पानी त मिल्थ्यो कहाँ ?

पानीको बिल तिर्छु तैपनि सधैं लाजै नमानीकन
मैले धानिरहेछु यो शहरमा काकाकुले जीवन
पानी सम्म त पाइँदैन सजिलै के मिल्छ यो ठाउँमा
हावा खाइरहेछु खानु छ अझै हावै छ सस्तो यहाँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x